Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारअन्तत दुई हजार ८० बिन्दुमा सेयर बजार

अन्तत दुई हजार ८० बिन्दुमा सेयर बजार


काठमाडौँ । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार बजार परिसुचक ३३ दशमलव ५७ अंकले उकालो लागेर दुई हजार ८० दशमलव ३८ बिन्दुमा चढेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८१ अंकले उकालो लागेर तीन सय ९६ दशमलव ३४ बिन्दुमा चढेको छ ।

आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ३९ हजार नौ सय ९६ पटकको कारोबारमा ४७ लाख ७९ हजार सात सय ९६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ८० करोड ३२ लाख ८२ हजार एक सय ८० रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया