Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयर बजारमा सामान्य अंकको बृद्धि

सेयर बजारमा सामान्य अंकको बृद्धि


काठमाडौं । साताको चौथो दिन सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा कायम भएको छ ।

अघिल्लो दिन मंगलबार १२.४१ अंकले बढेको नप्सेमा आज २५ लाख ३९ हजार ४८ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारका आधारमा सुपर माई हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।त्यसैगरी कारोबार रकमका आधारमा आज एनआईसी एसिया बैंकले ३ करोड ५६ लाख ९५ हजार ८६६ रुपैयाँको कारोबारका साथ शीर्ष स्थान कायम गरेको छ ।

उपसमूहतर्फ रहने १३ वटा समूहमा ५ समूहको शेयर मूल्य बढेको छ भने बाँकी ८ को शेयर मूल्य घटेको छ ।बुधबार बजार पूँजीकरण २७ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया