Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेपालको इतिहासमा मेयर नागेश कोइराला, न्यूयोर्क सहरको मेयर भेट्ने पहिलो मेयर

नेपालको इतिहासमा मेयर नागेश कोइराला, न्यूयोर्क सहरको मेयर भेट्ने पहिलो मेयर


न्युयोर्क : अमेरिका भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यु योर्क सिटीका समकक्षी मेयर एरिक एड्म्स सँग भेटवार्ता गरेका छन।

गिरिजा प्रसाद फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेका अनुसार बुधवार दिउॅंसो न्यु योर्क सिटी मेयरको कार्यकक्षमा दुई समकक्षी बिच भेटवार्ता भएको हो।स्मरण रहोस सोमनाथ घिमिरे मेयर नागेश कोइरालाका अन्तरराष्ट्रीय मामिला सल्लाहकार पनि हुन।

आजको यस भेटघाटमा गिरिजा प्रसाद फाउन्डेसन अमेरिकाका उपाध्यक्ष शुवर्ण लामा, फाउन्डेसनका कार्यसमिती सदस्य द्वय सुर्य सिंमखडा र ध्रुव कुवॅंर क्षेत्री, फाउन्डेसनकै कृयाशील सदस्य द्वय राजिब बतास र भावना सिंमखडा, मेयर कोईरालाका प्रेस सल्लाहाकार जिना जंग कार्की, तामाङ समाज अमेरिकाकी निवर्तमान अध्यक्ष बिनिता तामाङ, तमु परिवार न्यु-योर्क अमेरिकाकी अध्यक्ष मनिता गुरुङ लगायतको उपस्थिती रहेको थियो।

मेयर कोइराला इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी हुन अमेरिका आएका हुन। यो संस्थाले अमेरिकाका स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा काम गर्छ। बुधवारको भेटमा आफूहरूका अनुभव साटासाट भएको मेयर कोइरालाले बताए।

उहाँ सँग पहिला पनि भर्चुअल बैठकहरूमा कुराकानी भएको थियो, आज प्रत्यक्ष भेटियो।’ भेट बारेमा पत्रकारहरु सँग मेयर कोइरालाले भने ‘न्यु योर्क र विराटनगरका कतिपय समस्या मिल्दाजुल्दा छन् त्यसको व्यवस्थापन कसरी भइरहेको छ भन्नेमा हाम्रो धेरै कुराकानी भयो।’

‘दुवै सहर विविधता भएका हुन्, समस्याहरू समाधानमा एक अर्काले कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा आज हाम्रो भेट केन्द्रित भयो।’ मेयर कोइरालाले भने। ‘ठूलो सहर न्यु योर्कले कसरी काम गरि रहेको छ भन्नेमा चासो रह्यो।’

उनले आफू नेपाल फर्किए पछि न्यु योर्क सिटीका मेयर एड्म्सलाई विराटनगर भ्रमणको औपचारिक निम्तो दिने बताए।

मेयर कोइरालाले मङ्गलवार न्यु योर्कका सिनेटर सहित अन्य उच्च पदस्थ व्यक्ति सँग भेट गरेका थिए भने आजै बिहान मेयर कोइरालाले न्यूयोर्क सिटी काउन्सिलकी स्पिकर एड्रियन एडम्स, न्यु योर्क विधान सभाकी प्रथम साउथ ऐसियन महिला एसेम्ब्ली मेम्बर जेनिफर राजकुमार र प्रथम भारतीय अमेरिकी न्युयोर्क सिटीकाउन्सील मेम्बर शेखर कृष्णन सॅंग पनि भेटघाट गरी विचारहरु आदान-प्रदान गरेका थिए। सिटीकाउन्सील मेम्बर शेखर कृष्णनले मेयर नागेश कोइरालालाई सिटीहल सभाकक्षभित्रै स्वागत एंव सम्मान गरेका थिए र सबै उपस्थित काउन्सिल मेम्बरहरुले ताली बजाएर सम्मान गरेका थिए।

४० भन्दा बढी मुलुकका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी सेमिनारमा मेयर कोइरालाले सहभागिता जनाइ सकेको उनका अन्तर्राष्ट्रिय सल्लाहकार सोमनाथ घिमिरेले जानकारी दिए।


क्याटेगोरी : बिबिध, बिशेष

तपाईको प्रतिक्रिया