Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषपुस ४ देखि संसद्

पुस ४ देखि संसद्


काठमाडौं, मंसिर २५
संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन आउँदो पुस ४ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन आगामी पुस ४ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वर काठमाडौँमा आह्वान गर्नुभएको हो । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिबाट संसद्को दुबै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा समेत लिइन्छ । अधिवेशन बोलाइए पनि दलहरुबीच सभामुख चयनको विषयमा कुनै सहमति भएको छैन । तर, हिउँदे अधिवेशनले रिक्त सभामुखको समेत चयन भने गर्नेछ । बलात्कारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए । महरा अहिले पुर्पक्षका लागि जेलमा छन् ।


क्याटेगोरी : बिशेष

तपाईको प्रतिक्रिया