काठमाडौं : अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल ले प्रत्येक वर्ष ट्री अफ द एअर नेपाल, फोटोग्राफी प्रतियोगिता कार्यक्रम संचालन गर्दै आएको छ । ट्री अफ द एअर नेपाल, एशियन ट्री अफ द एअर संँग आवद्ध भै रुखको विशेषता, यसको महत्व र संरक्षण गर्ने उदेश्यले जनमानिसमा चेतना र जागरुकता फैलाउने काम गर्दछ । यस प्रतियोगीताको सहयोगले नेपालमा भएका रुखका प्रकार, स्थिति र सोहि रुखहरुलाई संरक्षण र प्रवद्धन गर्न मद्धत पुर्र्याउने काम गर्दछ ।
सोहि प्रतियोगिता अन्तर्गत २०१७, २०१८ र २०१९ मा एशियाभरि नेपाल प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो । राष्ट्रिय रुपमा नेपालमा हुने प्रतियोगिता यस वर्ष पनि घोषणा भइसकेको छ र नेपाल भरि बाट नै निकै उत्कृष्ठ सहभागिता भएको छ ।
‘ट्री अफ द इयर नेपाल २०२२’को निर्णायकमा डा। संगिता भण्डारी, चुङबा शेर्पा र रञ्जित आचार्य रहेका थिए । जसको बैङ्किङ पार्टनरमा माछापुच्छ्रे बैंक रहेको थियो । ‘ट्री अफ द इयर नेपाल २०२२’को विजेता घोषणा गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर विजेता घोषणा गरिएको हो ।
‘ट्री अफ द इयर नेपाल २०२२’को विजेता अस्मिता सिग्देल बनेकी छिन् । उनले एक लाख रुपैयाँ नगद हात पारेकी हुन् । त्यस्तै, दोस्रो नवराज पाण्डे भएका छन् । उनले नगद ६० हजार रुपैयाँ हात पारेका छन् भने तेस्रो श्रेयसि विष्ट भएकी छिन् । उनले पनि ४० हजार रुपैयाँ पुरस्कार पाएकी छिन् ।
‘ट्री अफ द इयर नेपाल २०२२’को निर्णायकमा डा। संगिता भण्डारी, चुङबा शेर्पा र रञ्जित आचार्य रहेका थिए । जसको बैङ्किङ पार्टनरमा माछापुच्छ्रे बैंक रहेको थियो।
रूखको पहिचानसँगै संरक्षण गर्ने उद्देश्यले यस्तो कार्यक्रम मनाउँदै आएको क्रियसन नेपालका अध्यक्ष आनन्द मिश्रले बताए । कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले भने, ‘हामीले यो कार्यक्रम विगत ६ वर्षदेखि मनाउँदै आएका छौं । हामी एक अर्कामा जोडिनका लागि यस्तो कार्यक्रम मनाउनु पर्छ भनेर शुरु गरिएको थियो । त्यही सोचलाई आज पनि निरन्तरता दिइरहेका छौँ । रूखको महत्त्व बुझाउने यस्ता कार्यक्रम निरन्तर गर्दै जानु पर्छ ।’
प्रतियोगिताको निर्णायक तथा प्रिज्मा एड्भरटाइजिङका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० रञ्जित आचार्यले रुख जोगाउने अभियान राष्ट्रियस्तरमा नै हुनुपर्ने बताए । उनले भने, ‘अहिलेले युवापुस्ताहरू वाइफाइको टावर गयो भने सास फेर्न नै गाह्रो भएझैँ गर्छन् । तर, यदि रुखले अक्सिजन दिन छाड्यो भने के हुन्छ भनेर त्यो सोचका हुँदैनन् । त्यसैले रुख जोगाउने अभियान राष्ट्रियस्तरमा नै हुनुपर्छ ।’
कार्यक्रममा माछापुच्छ्रे बैंकका चिफ बिजनेस अफिसर टिका भट्टराईले माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको बताए । उनले भने, ‘हाम्रो बैंकले आफ्नो नाफा अन्तगर्तको केही हिस्सा सामाजिक उत्तरदायित्व क्षेत्रमा खर्च गर्दै आएको छ । अन्य क्षेत्रमा पनि हाम्रो बैंकले विभिन्न सहयोग गर्दै आएको छ ।’
क्याटेगोरी : बिशेष
ताजा अपडेट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया