सूचना प्रविधिको विकासले देशलाई आत्मनिर्भर बनाउँछ : मन्त्री शर्मा
काठमाडौँ । पुलचोक इन्जिनियरिङ क्याम्पसमा शुक्रबारदेखि सुरु भएको २०औँ राष्ट्रिय प्राविधिक महोत्सवको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको उचित प्रयोगमार्फत मुलुकको विकास गर्न सकिने बताएकी छिन् ।
मन्त्री शर्माले सूचना र प्रविधिको तीव्र गतिमा विकास भइरहेको हुँदा त्यसको प्रयोग मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिइन् । सरकारले सूचना र प्रविधिको क्षेत्रमा आवश्यक कानुन बनाउने बताउँदै मन्त्री शर्माले सूचना प्रविधिको विकासले देशलाई आत्मनिर्भर बनाउँछ भनिन् ।
उनले गुणात्मक शिक्षा र प्रविधिसम्बन्धी शिक्षाका लागि सरकारले सदा सहयोग गर्ने जानकारी दिँदै नेपाल सरकार प्राविधिक क्षेत्रमा जनशक्ति उत्पादन गर्ने विषयमा समेत लागिरहेको स्पष्ट पारिन् ।
इन्जिनियर क्याम्पसका डिन शशिधरराम जोशीले इन्जिनियरिङ अध्ययन गर्ने उत्कृष्ट संस्था भएको र राष्ट्रियस्तरमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने भएको बताए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसालले पढ्ने मात्रै नभएर सीपमा ढाल्ने अन्तर्राष्ट्रियस्तरमै अभियान चलेको र विद्यार्थीले आफैँले प्राविधिक प्रदर्शनी गर्नु महत्वपूर्ण भएको बताए ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ताजा अपडेट
- सूचना र शिक्षा दुवै क्षेत्रमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण: सञ्चारमन्त्री शर्मा
- प्रतिनिधिसभा बैठक ४ बजेका लागि सारियो
- बिनाविभागीय मन्त्री आलेमगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी
- सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी
- सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
- मन्त्री भण्डारीद्वारा बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ
- मदन र आश्रितको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि
- दोलखाका तीन सहकारीले डाके विशेष साधारणसभा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया