Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधअपहरण तथा शरीर बन्धक मुद्दाका फरार व्यक्ति पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार व्यक्ति पक्राउ


सप्तरी । जिल्ला अदालत सप्तरीको २०७५ जेठ ३० गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी खड्क नगरपालिका खोजपुर बस्ने ५० वर्षीय शुभ नारायण ठाकुरलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत सप्तरीको २०७५ जेठ ३० गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका शुभ नारायणलाई अस्थायी प्रहरी पोष्ट खरचुहियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया