Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधसवारी जाँचका क्रममा दुई सय ८५ किलो गाँजासहित पक्राउ

सवारी जाँचका क्रममा दुई सय ८५ किलो गाँजासहित पक्राउ


काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ आइटी पार्कस्थित पनौती–बनेपा सडकखण्डमा सोमबार बिहान सवारी जाँचका क्रममा प्रहरीले काभ्रेपलाञ्चोकको पनौतीबाट प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित दुई पुरुष र एक महिलागरी तीन जनालाई पक्राउ गरेको छ ।

पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बर को डिआई गाडी जाँच गर्दा उक्त अप्रशोधित (हालै काटेको जस्तो देखिने हरियो) गाँजा ल्याइएको आवस्थामा चौकीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । काभ्रेपलाञ्चोकको दक्षिणी (डाँडापारी) क्षेत्रबाट उक्त परिमाणको गाँजा ल्याइएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जानकारी गराए ।

प्रकाउ पर्नेमा गाडी चालक नुवाकोट विदुर नगरपालिका–११ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप–८ घर भई हाल काठमाडौँ बालाजु बस्ने २० वर्षीय सञ्जीव तामाङ र ५३ वर्षीया बिमला तामाङ रहेका छन् । प्रहरीले उनीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया