Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारकुपण्डोलमा महानगरकै पहिलो डिजिटल स्वास्थ्य प्रोफाइल

कुपण्डोलमा महानगरकै पहिलो डिजिटल स्वास्थ्य प्रोफाइल


काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १ कुपण्डोलले वडावासीको स्वास्थ्यसँग सम्बन्धित विषय समेटिएको डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण गर्ने भएको छ ।

आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर १ का प्रमुख मधुकर मणी आचार्यका अनुसार यस स्वास्थ्य प्रोफाइलले जेष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला, पाँच वर्ष मुनिका शिशुको विवरण संकलन गर्नुका साथै समग्र वडाको स्वास्थ्य अवस्था चित्रण गर्न सकिने बताइएको छ । वडाका वडाध्यक्ष निर्मल तण्डुकारले विशेष गरी ६८ वर्षमाथिका जेष्ठ वडावासीलाई निमोनियाविरुद्धको खोप सुनिश्चित गर्न, बालबालिकामा खोप, पोषणको अवस्था पत्ता लगाउन, सुत्केरी र गर्भवती महिलालाई लक्षित गरी सुरक्षित मातृत्व कार्यक्रम सफल पार्नको लागि यो कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमअनुसार पहिलो चरणमा स्वास्थ्य स्वयम्सेविकाहरूले स्थायी बासिन्दा, बहालमा बस्ने परिवार र व्यवसायीको घरमा सर्भेमा गर्ने बताइएको छ । यस लगत्तै चिकित्सकसहित स्वास्थ्यकर्मीबाट घरदैलो स्क्रिनिङ सेवा सुरु गरिने वडाका स्वास्थ्य संयोजक समेत रहेका वडा सदस्य कृष्ण महर्जनले जानकारी दिए ।

डिजिटल स्वास्थ्य प्रोफाइलको सफ्टवेयर निर्माण, सर्वेक्षण व्यवस्थापनलगायतका प्राविधिक कार्यको जिम्मेवारी क्रिजम्याटिक डिजिटल सोलुसन प्रालिले लिएको छ । स्वास्थ्य सेवाको भावी कार्ययोजना बनाउनका साथै स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्नका लागि वडाले विभिन्न योजनाहरू कार्यान्वयनमा ल्याएको छ ।


क्याटेगोरी : पालिका समाचार, महानगर, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया