Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीसमाज डेन्टल हस्पिटलको शाखा कौशलटारमा

समाज डेन्टल हस्पिटलको शाखा कौशलटारमा


काठमाडौं । समाज डेन्टल हस्पिटलले भक्तपुरको कौशलटारमा शाखा विस्तार गरेको छ । आफ्नो स्थापनाको २५ औं वर्षको अवसर पारेर हस्पिटलले अर्को शाखा थपेको हो । योसँगै हस्पिटलको ९औँ शाखा पुगेका छ ।

‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने मूल उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको हस्पिटल धेरै शाखा विस्तार गर्ने पहिलो निजी संस्था पनि हो । काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेको बनेपामा रहेको यसको शाखाले गुणस्तरीय, सुपथ तथा सहज दन्त उपचार गरिरहेको बताइएको छ । भक्तपुर कौशलटारमा रहेको शाखाको हालै मध्यपुर थिमि नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णहरि आचार्यले उद्घाटन गरेका थिए ।

हस्पिटलका प्रबन्धक सविन घिमिरेका अनुसार माघ महिनाभरि सेवामा १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । हालसम्म यसका शाखाहरू काठमाडौंंका नयाँ बानेश्वर, बसुन्धरा, बौद्ध जोरपाटी, सीतापाइला सनसिटी पेप्सिकोला, ललितपुरको जावलाखेल, भक्तपुरको राधेराधे र काभ्रेको बनेपामा सञ्चालित छन् । स्थानीयका मागलाई दृष्टिगत गरेर अरू जिल्लामा पनि शाखा खोल्दै जाने बताइएको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया