वैदेशिक मुद्रा आर्जन गर्ने उपाय
काठमाडौं । नेपाल विश्वको एकमात्र यस्तो देश हो जहाँ विश्वका पाँच पुरातन सनातन बौद्ध, किराँत, बोन र प्रकृतिपुजक धर्महरूको अनुपम सङ्गम किराँत हो । यहाँ यी धर्महरूको आधारमा खडा भएका अर्थात् वेद, पुराण, मुन्धुम, पक्षापारमिताजस्ता आ–आफ्नो धर्मको आधिकारिक दस्ताबेजहरूमा आधारित संस्कृति परम्परागत संस्कार, रीतिथिति, कर्मकाण्डद्वारा निर्देशित र विकसित सभ्यताहरू अनादिकालदेखि नै एक–अर्कामा समाहित भई एउटा अनुपम नेपाली सभ्यता संस्कृति परम्पराको रूपमा विद्यमान छन् । यी सबै धर्मको आफ्नै रीतिथिति कर्मकाण्ड, ज्योतिष, दर्शन तथा आयुर्वेद भए पनि सबैलाई आफ्नै मान्दै नेपालीहरू शान्तिपूर्ण सहअस्तित्वको अवधारणामा रहेका छन् । समग्रमा भन्दाखेरी वर्तमान नेपाली सभ्यता भन्नु नै सनातनमा आधारित सभ्यता हो । सनातन शब्दले माथि उल्लिखित सबै धर्मलाई समेट्छ । त्यसैले नेपालको राजधर्म सनातन भएमा मात्र नेपालमा विद्यमान सबै धर्म र जातजातिलाई समेट्छ । सबै धर्मका मूल–मूल योग, ध्यान, मन्त्रजस्ता पद्धतिहरू सनातन धर्म राष्ट्र नेपाल भएमा सबै नेपाली एउटै राष्ट्रियताको सूत्रमा बाँधिन सक्दछन् । सनातनी किराँत, बोन, बौद्ध र प्रकृतिपुजक धर्महरूको साझा तीर्थस्थलको रूपमा पशुपतिनाथ, बडीमालिका खप्तड, बौद्धनाथ, स्वयम्भूनाथ, हलेसी महादेव, दोलखा भिमसेन, बुढासुब्बा, पाथीभरा, मुक्तिनाथजस्ता तीर्थस्थलहरू तथा गोसाइँकुण्ड, दामोदर कुण्ड, कोशी, गण्डकी, कर्णालीजस्ता पवित्र कुण्ड तथा नदीहरू हाम्रै नेपालमा अवस्थित छन् । यी पवित्र धार्मिक तीर्थस्थलको दर्शन गर्न, पूजा गर्न, यहाँ आएर ध्यान गर्न आउने विश्वका सम्पूर्ण सनातनीहरू, बुद्धिस्टहरू, किराँतहरू, वोनहरू र प्रकृतिकपुजकहरूको संख्या लगभग दुई अर्बजस्तो छ । हालसालैको तथ्यांक हेरेमा पनि विश्वभरमा नेपालबाहेक एक खर्ब १६ अर्बजति हिन्दु र आधा खर्ब बुद्धिस्टहरू रहेका छन् । सनातनी सभ्यता र धर्मको प्रतीकको रूपमा रहेको पशुपतिनाथ, मुक्तिनाथजस्तै पवित्रतम तीर्थस्थलहरू हाम्रै नेपालमा छन् । भगवान् गौतम बुद्धको जन्मस्थल पनि यहीँ छ । बुद्धिस्टहरूको पवित्र तीर्थस्थल लुम्बीनी, बौद्धनाथ तथा स्वयम्भूनाथ यहीँ छ । यदि हाम्रो संविधानलाई संशोधन गरेर नेपाल सनातन राष्ट्रको रूपमा घोषणा गरेर तथा नेपालमा भएका सबै धार्मिकस्थलहरूको संवद्र्धन गरी तीर्थयात्रुहरूलाई चाहिने सुविधाहरू बढाएमा पर्यटनको समेत विकास हुने देखिन्छ । यी धार्मिकस्थलमा जाने सुविधा बढाई त्यहाँ आफ्नो मान्यता र धर्मअनुरूपको जीवनपद्धति केही दिन जिउन पाउने सुविधा दिएमा, विवाह, जन्म र मृत्युजस्ता संस्कार गर्न पाउने व्यवस्था मिलाएमा संसारबाट नै यी धर्मावलम्बीहरूको ठूलो संख्या नेपालमा आउन सक्दछन् । यस्तो गर्न हाम्रा तीर्थस्थल, सभ्यता दर्शन र जीवनपद्धतिको विश्वव्यापी प्रचारप्रसार गर्न जरुरी छ । माथि उल्लिखित बौद्ध तथा सनातनीको संख्याको केवल एक प्रतिशत जनसंख्या मात्र नेपालमा तीर्थयात्रको रूपमा भ्रमण गर्न आएमा करिब एक करोड ६० लाखजतिको संख्या हुन आउँदछ । यत्रो ठूलो संख्यालाई चाहिने बास, खानापान, यातायता, पूजा सामग्री, ध्यान, योग शिविरको व्यवस्था धर्मका चिह्न र सामग्री, धर्मका आधारित नाटक फिल्म र जात्राहरू बनाउने मनाउने तथा प्रदर्शन गर्न सक्यो भने मात्र पनि नेपाललाई ठूलो धनराशि प्राप्ता हुन सक्दछ । तीर्थयात्रीले प्रतिव्यक्ति २० हजार रुपैयाँ मात्र खर्च गरेमा मात्र पनि वार्षिक ३२ खर्ब रुपैयाँ नेपालमा भित्रिन सक्दछ । कृषि, रोजगारी तथा घरेलु उद्योगको विकास भई व्यापक रोजगारी सिर्जना भई नेपाल समृद्धिको यात्रामा अगाडि बढ्न जान्छ । सरकारले यसबाट राजस्व संकलन गरी ठूला–ठूला पूर्वाधारको निर्माणमा लगाउन सक्दछ ।
संक्षेपमा भन्नुपर्दा नेपाल सनतन धर्म राष्ट्र घोषणा भएमा देश विकसित र समृद्ध हुन जान्छ । त्यसैले ‘सनातन धर्मराष्ट्र समृद्धि र विकासको आधार’ भनिएको हो । साथै हाम्रो मौलिक परम्परा, रीतिरिवाज र सभ्यताको संवर्द्धन हुन जान्छ । धार्मिक र सभ्यताको कारणले पनि नेपाल विश्वमै एक अनुपम र विशेष राष्ट्र हो भनी परिचित हुन जान्छ । यसै प्रकारले धार्मिक तथा अन्य पर्यटकहरूको ठूलो संख्याले नेपाल भ्रमण गर्न सक्दछन् । सबभन्दा ठूलो कुरा त नेपाल जैविक विविधतमा ज्यादै समृद्ध छ यहाँको छवटा ऋतु र भौगोलिकताले गर्दा संसारभरि पाइने सबैजसो बनस्पतिहरू प्रशस्तरूपमा पाइन्छन् । यसमा पनि औषधिजन्य वनस्पति भरपुररूपमा पाइन्छ । आज विश्वभरमै सबै रूपमा आयुर्वेद तथ्य लगाडि बढेको छ । किनकि आधुनिक औषधि विज्ञान धेरै नै खर्चिलो तथा रोगलाई पूर्णरूपले निर्मूल गर्न नसक्ने र यसको ‘साइड इफेक्ट’ले गर्दा मानिसहरू आयुर्वेदप्रति आकर्षित भएका छन् । यसरी मानिहरूको आगमनले हाम्रो सनातनी आयुर्वेदमा आधारित औषधिमा ठूला–ठूला आयुर्वेदिक उद्योग यहाँ खुल्न जान्छन् र वैश्विकरूपमा नै आयुर्वेदिक औषधिहरू निर्यात गर्नसक्नुका साथै यहाँ ठूलो मात्रामा रोजगारीका अवसर खुल्न सक्दछ । यसले गर्दा नेपालमा ठूलो परिमाणमा वैदेशिक मुद्रा आर्जन हुन्छ । त्यसैले नेपाल सनातन धर्म राष्ट्र घोषित भएमा धार्मिक पर्यटन, आयुर्वेदिक उपचार, सनातनी ध्यान र योग पद्धतिको अनुसरण, आयुर्वेदिक औषधि उत्पादन तथा निर्यात सनातन, जीवन पद्धतिको अनुसरण गर्न वैश्विकरूपमा नै ठूलो संख्यामा मानिसहरूको आगमन हुनगई ठूलो मात्रामा राजस्व जम्मा हुन जान्छ अनि नेपालमा रहेको बेरोजगारी र गरिबीका समस्याहरू निर्मूल हुन जान्छ । त्यसैले सनातन धर्म राष्ट्र, नेपालको विकास र समृद्धिको आधार भनिएको हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया