Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगटिकटके रोइलो, महिला हिंसा र आर्थिक शोषण

टिकटके रोइलो, महिला हिंसा र आर्थिक शोषण


काठमाडौं ।
जहिले जहिले जोतेनी पाइयो त
तिम्रै खेत हो किन रात चाहियो त
नग्नताको माध्यमबाट नेपाली लोकस्वरलाई अश्लील शब्दमा उनेर नेपाली लोकगीतको प्रचारप्रसार होइन यसमाथि आगो लगाउने काम भइरहेको छ टिकटकको माध्यमबाट । यस्ता छाडा गीत गाउँदै अहिले टिकटकमा नेपाली युवतीलगायत अधबैंसे आइमाइहरू अर्धनग्न नाच्दै भाइरल भइरहेका छन् । भाइरल हुनुको पछाडि नराम्रो कर्म जोडिएको हुँदोरहेछ भन्ने कुरा अहिले नेपाली केटीहरूको टिकटके रोइलो हेरे थाहा हुन्छ । नेपाली लोकगीतको योभन्दा कन्तबिजोग के हुन सक्छ होला ? हामी नेपाली चेलीहरूले केटामान्छे खराब देख्छन् तर आफू कसरी विकृतिको खाडलमा भासिँदै छन् टिकटकका नाउँमा यौनाङ्ग प्रदर्शन गर्ने नेपाली चेलीहरूलाई सोध्नुपर्छ । यहाँ भाइरलका नाउँमा आफू समाजको भाइरस भएको कुरा थाहा नै हुँदैन ।

हिजोआज तपाईं हामी सबैलाई थाहा छ कि सामाजिक सञ्जालले नेपाली युवायुवतीमा व्यापक विकृति ल्याएको छ । टुइटर, टिकटक, फेसबुक, ह्याङ्सआउट आदि चलाउनेहरूले सामाजिक सञ्जाललाई एकले अर्कालाई गाली गर्ने झुटो प्रेम गरेर यौन शोषण गर्ने, मन नपरेको मान्छेलाई सत्तोसराप गाली बेइज्जती गर्ने हतियारको रूपमा सामाजिक सञ्जाल व्यापक प्रयोग भइरहेको छ । अनि सबैभन्दा दुःखको कुरा पढेलेखेका नेपाली महिलाहरू सामाजिक सञ्जालको झुटो प्रेमीबाट आर्थिकरूपमा र शारीरिकरूपमा दिनदिनै ठगिइरहेका लज्जास्पद घटनाहरू बाहिर आइरहेका छन् ।

नेपालीहरूको सामाजिक सञ्जालप्रतिको मोह अचम्मको छ । वरिष्ठ लेखक भनेर चिनिएका खगेन्द्र संग्रौलाले टुइटरका माध्यमबाट नेपालका प्रधानमन्त्री केपी ओलीलाई गर्ने गाली गलोजदेखि हिजोआज टिकटकका माध्यमबाट नेपालीको हरेक घर–घरमा कलाकार जन्मिरहेको भीड र लर्को हेर्दा अब नेपालमा फिलिम नै बन्न छोड्ने छ र हलहरू नै बन्द हुने पो हुनकि भन्ने भान पो हुँदै छ ।

अफिस–अफिसमा दिउँसै नाच्ने नर्तकीहरू जन्मिरहेका छन् । कोठा–कोठामा नितम्ब हल्लाउने युवतीहरू फैलिरहेका छन् । सडक, मन्दिर, हरेक गल्लीमा बैंशालु युवती हल्लिरहेका देखिन्छन् । तिनीहरू हल्लेका हुन् कि तिनीहरूको नितम्ब हल्लेको हो छुट्याउनु गाह्रो छ । कोही मुर्छा परेर रोइरहेका हुन्छन् । कोही अभिनय गर्दै नाइटोमुनि देखाउँदै हुन्छन् । कोही हिलिली खितिती हाँसिरहेका हुन्छन् । अस्ति शिवरात्रीमा भाङ खाएर थुप्रै युवतीहरूले लाज गुमाएको पनि देखियो । कोही नितम्ब सानो भएर पेन्टीभित्र फोम राखेर पनि उफ्रिन थालेका छन् । हिजोआज हरेक आगन सुटिङ स्पटजस्तो देखिन थालेको छ । बडो बिचित्रको तमासा देख्न पाइन्छ टोल–टोलमा । होडबाजी छ केटीहरूमा आ–आफ्नो जिउ देखाउने अहिले । आफू हट र सेक्सी देखिने बहानामा जस्तोसुकै हर्कत देखाउन पनि तयार छन् आजका नेपाली आधुनिक स्त्रीहरू ।

सुनदेखि नुनसम्म, घुनदेखि थुनसम्म देखाउने प्रवृत्तिले नेपाली सोसल मिडिया, खास गरेर टिकटकको बजार तातेको छ यतिबेला । गरमा गरम छ । घरमा भलै पकाउने चामलको जोहो नहोला तर टिकटक बनाउनका लागि एउटा गतिलो मोबाइलचाहिँ ऋण गरेर भए पनि लिनुपर्छ भन्ने मान्यता अहिलेका महिलाहरूको सर्वमान्य सिद्धान्त नै बनेको छ । तातो मरुभूमिमा लेबर काम गर्न गएको श्रीमान्लाई गतिलो मोबाइल किनी पठाउन लगाउने अनि त्यही मोबाइलले टिकटक भिडियो बनाउने, भाइरल हुने ह्यान्डसम केटा फसाउने अनि डेटिङ जाने । त्यो श्रीमान् कस्तो अभागी होला कि श्रीमतीको चाहना पूरा गर्न ज्यामी काम गरेरै भए पनि महँगो मोबाइल किनी पठाइदियो तर श्रीमती त्यही मोबाइललाई हतियार बनाएर केटाहरूको भीड जम्मा गर्छे ।

टिकटक अहिले हरेक लोग्नेलाई टाउको दुखाइको विषय बनेको छ । नेपाली स्त्रीहरूले नितम्ब हल्लाउने मात्रै होइन, जन्मिदै बोकेर आएको तर छोपिएको यौन अंगलाई ढाकिएको एक धर्सो लुगा पनि फालेर त्यो चिज पनि मिलेसम्म देखाउने होडबाजी दिनानुदिन बढिरहेको छ । अहिलेका आधुनिक सञ्जालमोही स्त्रीलाई आफूलाई कसरी सेक्सी र हट देखाउने भन्ने चिन्ता छ यो चिन्ता अन्तत दुःखद अवस्थामा गएर टुङ्गिन्छ ।

यस्तै सामाजिक सञ्जालको दुरूपयोगबाट ठगिन पुगेका नेपाली महिला (श्रीमान् विदेशमा भएका, बिहे भएर श्रीमान्सँग छुटिएर बसेका, बेरोजगारी, बिहे नगरेका तर विदेशी श्रीमान् परोस् भनेर चाहना राखिरहेका, पढेलेखेका, सामाजिक सञ्जाललाई ज्ञान र सूचनाको स्रोतभन्दा पनि मनोरञ्जनका रूपमा लिने, सञ्जाल चलाउने तर राम्रो चलाउन समेत नआउने, अरु केटीहरूको देखसिकी गर्ने नेपाली महिलाहरू, अविवाहित, स्कुल पढ्ने साना केटीहरू समेत कसरी आर्थिक सामाजिक र यौन शोषणमा फसिरहेका छन् भन्ने तथ्यांक यदि पूरै बाहिर आउने हो र नेपाल प्रहरीले यो तथ्यांकलाई सार्वजनिक गर्ने हो भने डरलाग्दो अवस्था छ । अहिले जति पनि सामाजिक सञ्जालका अपराधिक गतिविधि बाहिर आइरहेका छन् ती दश प्रतिशत मात्रै बाहिर आइरहेका छन् । सामाजिक सञ्जाल प्रयोग गर्ने हरेक पाँच जनामा दुई जना कुनै न कुनैबेला हिंसा र शोषणमा परेकै हुन्छ । चाहे आर्थिकरूपमा होस् चाहे यौन हिंसामा वा चाहे कुनै गालिबेज्जतीमा होस् ।

सामाजिक सञ्जालमा प्रतिशतको आधारमा पुरुष १५ प्रतिशत मात्रै ठगिएका छन् भने महिला ८५ प्रतिशत ठगिएका छन् । दिनानुदिन महिलाका मात्रै गुनासो आउनुले पनि महिलामा सामाजिक सञ्जालप्रतिको मोह कति धेरै रहेछ भन्ने तथ्यांकले पनि देखाउँछ । महिला मात्रै किन शोषणमा परे त ? महिलालाई पुरुषले मात्रै बिगार्छ त ? पुरुष मात्रै हिंसामा सामेल हुन्छ भन्ने सोचाइ छ नि त्यो गलत साबित भइसकेको छ । महिला जति सबै सद्दे अनि पुरुषजति सबै खराब भन्ने परम्परागत सोचाइ अब गलत साबित भइसकेको छ । नेपाली लोक गीतलाई तोडमोड गरी टिकटकमा दुई अर्थ लाग्ने खालका छाडा रूपमा गाएर नेपाली युवतीहरूले गीतअनुसार हाउभाउ र अङ्ग समेत देखाउन थालेका छन् ।

यी गीतहरूले नेपाली समाजमा यौन हिंसा बढाउन मार्गप्रशस्त गरिदिएको छ । टिकटकमा स्वस्थ गीत गाएर आफ्नो कला देखाउँदा आपत्ति छैन तर अहिले टिकटक स्त्रीका यौन अङ्ग प्रदर्शन गर्ने माध्यम बन्यो र महिलाले नै आफू फस्नी खाल्डा आफैँ खन्न थालेका छन् । अधिकार कम भएको निहुमा पित्रीसत्तालाई तथानाम गाली गर्ने र सराप्ने स्त्रीहरूको हर्कत अहिले सामाजिक सञ्जाल टिकटकले नै पुष्टि गर्छ । नेपाली लोकगीतलाई कोठे ओठे टिकटके महिला कलाकारहरूले यसरी ध्वस्त बनाइरहेछन् कि आउने पिँढीले लोक गीत भनेको यौन गीत हो भनेर बुझ्लान् भन्ने डर पो भइरहेको छ । टिकटक र अन्य सामाजिक सञ्जालमा लिप्त एउटी स्त्री भन्छिन्, ‘बिचरो पुरुषले के अङ्ग प्रदर्शन गर्नु ? तिनको त अङ्ग भए पो प्रदर्शन गर्नु ?’ उनको यो भनाइले पनि अहिले पुरुषहरू स्त्रीको थिचोमिचोमा र हेपाइमा छन् भन्ने कुरा दर्शाउँछ ।

महिलाले पुरुषको नाउँमा एकाउन्ट खोलेर महिलाकै यौन अङ्ग हेर्ने र पछि पैसाको बार्गेनिङ गर्दा कुनै पुरुष मित्रको सहयोग लिने रहस्य समेत खुल्न आउनुले पनि नेपाली महिलाहरूमा यो सञ्जाल मोहले कति घरबारबिहीन कति सामाजिक बहिस्कृतमा परिरहेका छन् । यसको आगो भित्रभित्रै कसरी सल्किरहेको छ र बिस्तारै कतिपय घटना बाहिर आउन थालेका र कतिपय घटना सामाजिक प्रतिष्ठाका कारण पनि बाहिर आउन सकिरहेको अवस्थामा छैनन् ।

बाहिर नआएका घटनाहरूको नालिबेली अझै कहालिलाग्दो छ । विदेशी नाम गरेको केटाले फ्रेन्ड रिक्योस्ट पठाएपछ अब मलाई विदेशीले बिहे गर्नेभयो भनेर खुसीको भ्रममा पर्ने पढेलेखेका स्त्रीहरू एक÷दुई दिन विदेशी पुरुषसँग च्याट गरेपछि ऊ मेरो हुनेवाला श्रीमान् नै हो भनेर भ्रमित भई आफ्नो गोप्य अङ्ग समेत देखाउने र पछि यही कमजोरीको फाइदा त्यस पुरुषले लिँदै आर्थिक शोषण समेत गर्ने प्रवृत्तिले अहिले कतिपय नेपाली महिलाहरूमा मानसिक समस्या समेत देखिन थालेको छ । सामाजिक सञ्जालको यो दुर्गन्धित भेलमा पुरुष कम महिला अधिकतर बगिरहेका छन् । यसबाट नेपाली समाजको वैवाहिक सामाजिक संस्कारदेखि कतिपय परम्रागत संस्कृतिमा समेत असर पर्दै गएको छ ।

अहिले सामाजिक सञ्जालकै कारण ढिलो बिहे गर्ने प्रवृत्ति बढिरहेको छ । बिहे गरे पनि ढिलो बच्चा जन्माउने, बिहे गरेको पाँच÷सात महिनादेखि एक वर्षमै डिभोर्स हुने, सामाजिक सञ्जालकै कारण पतिपत्नीबीच झगडा हुने सामाजिक सञ्जालकै कारण एक–आर्कामा विश्वासको भावनामा कमी आउने, एकले अर्कालाई शंकाको नजरले हेर्ने र यही तनावका कारण तिनका घर बिग्रने यथार्थ घटनाहरू बढिरहेका छन् ।

सामाजिक सञ्जालबाट सुरु भएको कथा प्रहरी थाना हुँदै अदालतमा गएर डिभोर्समा परिणत भएको घटना अहिले छ्यापछ्याप्ती छ । मनोचिकित्सक डाक्टर रबि तुलाधर भन्नुहुन्छ, ‘महिलाहरूको यो सञ्जाल लतका कारण र तिनीहरू समाजमा खुलेर बस्न समेत नसक्ने स्थितिमा छन् । तिनीहरू कि त बिहे नै नगर्ने प्रायः सामाजिक सञ्जालमा यौन शोषणमा परेका स्त्रीहरूमा आत्मविश्वासको समेत कमिका कारण अस्थिर मनस्थितिमा रहने, बिहे गरेपछि श्रीमान्ले तिनीहरूको पछिल्लो घटना थाहा पाउँछन् र बेइज्जती होइन्छ भनेर बिहेलाई बिर्सिन समेत थालिएको छ ।

हिजोआज शिक्षित भनेकै महिलाहरू सामाजिक सञ्जालको अपराधीहरूबाट पीडित छन् । महिलाहरू धेरै स्वतन्त्रप्रिय, एकान्तिक हुन थाल्नुको कारण सामाजिक सञ्जालमा हराउनु हो पनि हो । हिजोआज कसैको अधीनमा कोही बस्दैन भन्ने प्रवृत्ति हाबी हुन थालेको छ विशेष गरेर युवायुवतीहरूमा र योसँगै अहिले थुप्रै संख्यामा महिलाहरू शोषणमा परिरहेका छन् आफ्नै मनमौजी प्रवृत्तिले । अविवाहित स्त्री त भविष्यको आशाले फसिन् तर बिहे भएर छोराछोरी भइसकेका आधुनिक आमाहरू समेत सञ्जालको लतमा भासिरहेका छन् । जति धेरै केटी पट्यायो त्यति हिरो होइन्छ भन्ने पुरुष अहमता अहिले ठीक उल्टो बगेको छ । अहिले जति धेरै केटा फसायो त्यति नै मजा आयो भन्ने भ्रममा छन् केटीहरू ।

सामाजिक सञ्जाल टुइटरमार्फत विदेशीसँग गहिरो मायामा परेको भन्ने विश्वासमा परेर नग्न तस्बिर साटासाट गरेका महिलाहरूले शरीर मात्रै होइन पैसा समेत लुटाइरहेका छन् । विदेशी नाम राखेर विदेशीकै फोटो राखेर फेसबुक र टुइटर अकाउन्ट् खोल्ने प्रायः इन्डियनसँग आपराधिक धन्दामा संलग्न नेपाली र बोर्डरका मानिसहरू सक्रिय भएर लागिरहेको कुरा बुझिन आएको छ । नेपाल–भारत सीमावरिपरि रहेका बेरोजगार युवाजमात चाहे भारतीय होस् वा नेपाली तिनीहरूको काम नै सामाजिक सञ्जालका माध्यमबाट केटीहरू फसाउने पैसा कामाउने बनेको छ । नामको अगाडि डाक्टर लेखेपछि नेपाली केटीहरूले डाक्टरसँग बिहे गर्न पाइने भयो भनेर च्याटमा लम्पसार हुन्छन् । अनेकौं सपनाहरू देखाउँछ त्यो नक्कली देहधारी छलछामी काले कृष्णले र नेपाली गोपिनीहरू बस्त्र बाहिरै फुकालेर सपनाको कालीदहमा पौडी खेल्न जान्छन् । कृष्णले लुगा दिँदैन ।

लुगा लिएर लाज छोप्ने हो भने दुई हजार डलर चाहिन्छ भनेर मेसेन्जरमा लेख्न थाल्छ र नेपाली गोपिनीहरू बाध्य हुन्छन् र पैसा पठाइदिन्छन् । त्यो बालगोपाल कति भाग्यमानी होला जो नेपाली युवतीलाई नचाएर पैसा कमाइरहेको छ । नेपाली केटीहरूलाई फसाएको घटना हजारौँ छन् प्रहरी अपराध अनुसन्धान माहाशाखा टेकु जसले साइबर क्राइम पनि हेरिरहेको छ त्याहा जानेबुझेका कयौँ महिलाहरू सामाजिक सञ्जालबाट ठगिएको बरबाद भएको घटना लिएर आइरहेका हुन्छन् । हरेक दिन १० देखि २५ वटासम्म केस त्यहाँ दर्ता हुँदोरहेछ । त्यो पनि अपराध हेरी । त्यसपछि अझै बढी आएका केसहरू त्यताबाट भोटाहिटीमा सिफारिस हुँदोरहेछ ।

यसको चिन्ता न राष्ट्रले लिन्छ न समाजले नै । यो राष्ट्रले लिने चिन्ता पनि होइन । यो प्रवृत्तिमा कमी ल्याउन प्रहरी प्रशासनले पनि सकिरहेको छैन । सामाजिक सञ्जाल हेर्ने प्रहरी अपराध विभागमा झुकेको शिर लिएर निवेदन दिन जाने एउटी महिलालाई हेर्ने दृष्टिकोण बदलिँदो छ अहिले । सञ्जालमा च्याट र मस्ती गर्ने पैसा आफू लुटाउने अनि त्यसको जिम्मेवारीचाहिँ प्रहरीले लिनुपर्छ भन्नेजस्ता विचार स्वयं प्रहरीको अनुहारमा पढ्न सकिन्छ । दिनका सयौँ घटना दर्तामा आउनुले पनि प्रहरीलाई यो विषयले दिमाग खाइरहेको छ ।

प्रहरीले मात्रै चाहेर के हुन्छ यो देशमा ? जबकि परिवर्तन ल्याउने एउटा सिङ्गै युवा वर्ग नै सामाजिक सञ्जालमा लिप्त छन् समय बरबाद गरिरहे छन् । गालीगलौजको भाषा प्रयोग गर्नेदेखि महिलाहरू नाङ्गिनेसम्म प्रवृत्तिका कारण टिकटकमा देखिने आधुनिक कोठे र ओठे कलाकारले सञ्जालकै बदनाम गरिरहेका छन् । विदेशीले गरेको राम्रो कामको अनुसरण गर्नलाई हामी नेपालीको बुद्धिले भ्याउँदैन । विदेशीले नयाँ–नयाँ आविष्कार गरेको कुरामा चासो छैन । विदेशीले नाङ्गो नाचेको कुकर्मको चाहिँ हामी तुरुन्तै नक्कल गर्छौ । क्रमशः
नोट :– सामाजिक सञ्जालमाथि गरिएको यो अनुसन्धानमूलक लेख केही अंकसम्म लगातार प्रकाशित हुनेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया