Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक समृद्धिमा पुष्प

आर्थिक समृद्धिमा पुष्प


काठमाडौं । हाम्रो देशमा कृषि क्षेत्रको उत्थानका लागि पहल सुरु भएको साढे नौ दशकभन्दा बढी भइसकेको छ । जसमा कृषि क्षेत्र विकासको पहिलो पहल निम्ति विसं १९८२ सालमा चारखालमा कार्यालय स्थापना भएको थियो । सोही वर्ष सिंहदरबार परिसरमा पनि कृषि प्रदर्शनी फारम खुलेको थियो । यसरी नै विसं १९९४ साल आइपुग्दा कृषि विकास परिषद् स्थापना भएको थियो । फलतः कृषि क्षेत्रको समग्र विकास गर्नु यो परिषद्को मूल उद्देश्य थियो । तसर्थ कृषिमा खासगरी खाद्यान्न बाली, नगदे बाली, दलहन बाली, फलफूल, तरकारी बाली, बागबानी आदि पर्छन् । यसरी नै बागबानी बालीअन्तर्गत पर्ने व्यावसायिक पुष्पखेतीको इतिहास लामो छैन । यसरी अढाई दशकयता नेपाली कृषकले पनि व्यावसायिक पुष्पखेती गरेर आम्दानीको स्रोत बनाउन थालेका छन् । फलतः देशमा पुष्पको खेती विसं २०११ सालतिर नेपालमा पहिलो पटक नेपाल प्राइभेट नर्सरीको स्थापना भएको थियो । त्यसबेला लाजिम्पाटमा तरिभाइ महर्जनले सुरु गरेको उक्त नर्सरीबाट नेपालमा पुष्पको खेती र व्यापार सुरु भएको मानिन्छ । यसको साथसाथै पछिल्लो १० वर्षयता मुलुकका बासिन्दामा पुष्पप्रति आकर्षण बढ्दै गएको छ । यसरी एउटै आयातकर्ताले वार्षिक डेढ करोड मूल्यबराबरको बीउ र बेर्ना आयात गर्न थालेका देशमा पुष्पको इतिहास करिब ६९ वर्ष पुरानो छ । मूलतः देशमा कम्तीमा पाँच सय प्रजातिका पुष्पको व्यावसायिक खेती हुनेगरेको छ । जुन पुष्प उत्पादक तथा व्यवसायीको छाता संगठन फ्लोरिकल्चर एसोसिएसनले उपभोक्ताको मागअनुसार वर्षेनी थप प्रजातिका पुष्पको व्यावसायिक उत्पादन गरिँदै आएको जनाएको छ । यसर्थ राष्ट्रिय तथ्यांक विभागले आर्थिक वर्ष २०७२÷०७३ मा गरेको पुष्पखेतीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार नेपालको पाँच जिल्ला भक्तपुर, मोरङ, कास्की, ललितपुर, काठमाडौंमा सबैभन्दा बढी पुष्पखेती हुन्छ । यसर्थ नेपाल सरकारको कृषि तथा पशुपन्छी गणना तथा सर्वेक्षण शाखाका अनुसार काठमाडौंमा दुई सय ८३, ललितपुरमा ४०, मोरङमा २३, कास्कीमा २२ र भक्तपुरमा २० वटा व्यावसायिक फार्मबाट पुष्प उत्पादन हुँदै आएको छन् ।

हाम्रो देशको कुरा गर्दा पुष्पले घर सजाउन चाहने पारखीहरूका लागि मेला तथा प्रदर्शनीले महत्वपूर्ण सहयोग पुगेको सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ । यसको खेतीको विस्तार पनि क्रमशः बढ्दै गएको छ । अतः पुष्पखेतीलाई हेर्ने हो भने देशको ४८ जिल्लामा लगभग सात सय ५० पुष्प व्यवसाय विस्तार भइसकेको छ भने एक सय ७५ हेक्टर क्षेत्रफलमा गरिएको अनुमान छ । यसले ४३ हजार पाँच सयभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको जनाइएको छ । यसरी गत आर्थिक वर्षमा करिब तीन अर्ब रुपैयाँको पुष्पको कारोबार भएको सम्बन्धित निकायले जनाएको छ । जबसम्म नेपाली बजारलाई ढाकिरहेको भारतीय फूललाई प्रतिस्थापन गर्ने हो भने वार्षिक १० अर्बको कारोबार हुने देखिए पनि सरकारी बेवास्ताले नेपाली पुष्प व्यवसायी खुम्चिनु परेको छ । अतः मुलुक अझै पनि पुष्पमा आत्मनिर्भर हुन सकेको छैन । मुलुकलाई पुष्पमा आत्मनिर्भर बनाउँदै छिमेकी मुलुकमा निर्यात गर्न सक्षम बनाउन पुष्प व्यापार मेला आयोजना बेला–बेलामा गरिएको हो । यसमा राष्ट्रिय तथ्यांक विभागले नेपालमा सबै प्रकारका पुष्प र बीउ गरी वार्षिक ६७ अर्बको कारोबार हुने जानकारी दिएको छ । तथापि फ्यानले भने वार्षिक दुई अर्ब २५ करोड २४ लाख रुपैयाँबराबरको मात्रै कारोबार हुनेगरेको जनाएको छ । यसै सिलसिलामा मुलुकमा वार्षिक १० देखि १२ करोड रुपैयाँको पुष्पको बीउ आयात हुन्छ । यसरी नै व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार अधिल्लो आर्थिक वर्ष ११ करोडको बीउ, बेर्ना, माउ बोट र पुष्प आयात भएको थियो । यसको साथै मालाका लागि उत्पादन हुने सयपत्रीको बीउ सीमित परिमाणमा नेपालमा उत्पादन भए पनि गार्डेन जातको सयपत्रीको बीउ भने आयात हुनेगरेको छ । अहिले पनि भारतीय फूलले नेपालमा ७० प्रतिशत बजार ओगटेको अवस्था छ  । यसको अर्थ नेपाली पुष्प व्यवसायी आत्मनिर्भर छैनौँ भन्ने बुझिन्छ । जुन भारतबाट फूल आयात नै नगर्ने भन्ने होइन । जुन स्वदेशमा पनि फूलको लागि मल, बीउ, औजार ल्याउने हो तर खुला सिमानाको फाइदा उठाउन दिनुहुँदैन भन्ने हो । नेपाल सरकारले नेपाली पुष्प व्यसायीलाई सहयोग गर्न कन्जुस्याइँ गर्दा वार्षिक अर्बौँ रुपैयाँ फूल खरिदका नाममा विदेशिने गरेको तथ्यांक छ ।

मानव मात्रको लागि फूल प्रकृतिको वरदान हो । यसरी प्रकृतिले दिएको सर्वोकृष्ट उपहार हो फूल । त्यस्तै गरी फूल पवित्रताको प्रतीक पनि हो । भगवान्को पूजामा होस् वा प्रेम र स्नेहको अभिव्यक्तिमा वा शुभेच्छा र सद्भाव प्रदर्शन गर्न नै किन नहोस् जहाँकहीँ फूल प्रयोग हुन्छ । तसर्थ स्वदेशमै फूलको व्यावसायिक खेती हुन थालेपछि फूलको आयातमा बिस्तारै प्रतिस्थापन हुन थालेको छ । यहाँका कृषकले फूलको खेती सुरु गरेका कारण विगतमा भन्दा झण्डै ५० प्रतिशत फूलको आयात कम भएको छ । यसको साथसाथै भक्तपुर, काभ्रे, धादिङ, ललितपुर, काठमाडौंलगायका जिल्लाहरूमा फूलको व्यावसायिक खेती हुनेगरेको छ । पछिल्ला केही वर्षहरूमा फूलको माग बढेको छ । जसको कारणले गर्दा माग र आपूर्तिमा सन्तुलन मिलेको छैन । यसरी फूलको माग बढेपछि उत्पादन नबढेकाले चाहेजति फूल बिक्री गर्न समस्या पर्ने गरेको फूल व्यावसायीहरू बताउँछन् ।

समग्रमा भन्नुपर्दा पुष्प व्यवसायमार्फत वार्षिक १० देखि १५ प्रतिशत हाराहारीमा वृद्धिदर रहेको बताइएको छ । त्यसैगरी यो हाल सामान्य र सोखपूर्ण ढंगबाट मात्र खेती हुँदै आएको छ । अतः सरकारले व्यावसायिकरूपबाट कृषकहरूलाई आकर्षित गर्ने उद्देश्यले पुष्पको खेती विस्तार गरेमा अर्बौ रुपैयाँको पुष्प विदेशी बजारमा निर्यात गर्न सकिने व्यवसायीहरूको भनाइ रहेको छ । यसर्थ विश्व बजारमा नेपाली पुष्पको माग दिनप्रतिदिन बढ्दोरूपमा एकातिर छ भने अर्कोतिर सरकारले निजी क्षेत्रलाई सुम्पिएको सामुदायिक वन र व्यक्तिका खेर गइरहेका भूमि एवं प्रत्येक घर–घरमा कौसीमा पनि पुष्पको खेती गरी विदेशी मुद्राको दरिलो आधार बनाउन सकिन्छ । तसर्थ बेला–बेलामा देशका विभिन्न भागमा हुने व्यवसाय प्रवद्र्धनका लागि पुष्प प्रदर्शनी तथा व्यापार मेला एक प्रभावकारी माध्यमको रूपमा रहेको छ । यसर्थ नेपाली पुष्पलाई विश्व बजार बढाउनु अति आवश्यक भएको छ । जब कि मुलुकमा नयाँ–नयाँ पुष्पको विकास गर्न स्वदेशी प्रविधिको आजसम्म विकास हुन सकेको छैन । यसले गर्दा समय–समयमा हुने पुष्प प्रर्दशनी तथा व्यापार मेलाले यो व्यवसायलाई अझ बढी बढाउन सहयोग पुगेको छ । हाम्रो देशबाट खासगरी पुष्पका गाना र टिस्युकल्चर पनि निर्यात भएको अनुमान गरिन्छ ।

यद्यपि, दक्षिण अफ्रिकी मुलुक केन्याले सस्तोमा अमेरिका र युरोपमा पुष्प निर्यात गरेकाले नेपाली पुष्प पठाउन सकिएको छैन । जसको कारणले गर्दा नेपाली पुष्प अरु देशको भन्दा महँगो पर्छ । जुन हाल मुलुकभर छ सयभन्दा बढी पुष्प व्यवसायी छन् र तिनीहरूबाट वार्षिकरूपमा लगभग दुई अर्ब ३० करोड रुपैयाँको कारोबार हुने गर्दछ । यसरी एसोसिएसनका अनुसार अहिले पुष्प व्यवसायमा सात अर्ब रुपैयाँभन्दा बढी लगानी भएको सम्बन्धित क्षेत्रले जनाएको छ । यसको साथसाथै गत वर्ष भारतबाट ३६ अर्ब रुपैयाँबराबरको फूल आयात भएको एसोसिएसनले जानकारी दिएको छ । अहिले देशको पुष्प व्यवसायले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने बेलामा यो क्षेत्रमा लगानी घट्दै गएकोमा सम्बन्धित निकायले चिन्ता व्यक्त गरेको छ । त्यसरी नै पुष्पको आन्तरिक कारोबार ठूलो भएकाले पनि सरकारले यस व्यवसायमा सहयोग गर्नु अति आवश्यक देखिन्छ । यसको साथ साथै काम गर्ने श्रमिकहरूको हित एवं कल्याणको लागि समेत सरकार चनाखो हुनु पर्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया