दोलखामा महामारीको रूप लिँदै लम्पी स्किन रोग
दोलखा । पछिल्लो समय पशुहरूमा देखिएको लम्पी स्किन रोगले दोलखामा पनि महामारीको रूप लिएको छ । मुख्यगरी गाईभैँसी र गोरुमा लाग्ने रोगबाट छोटो समयमै सयौँ पशु संक्रमित भएको पाइएको हो ।
रोपाइँको समयमा धमाधम गोरुमा रोगको संक्रमण फैलिएर बिरामी परेपछि दोलखा किसानलाई रोपाइँमा समस्या भएको छ । गत जेठदेखि फैलिएको रोगका कारण दोलखा सयौं गाईभैँसी तथा गोरु बिरामी परेको जिल्ला भेटेनरी अस्पताल दोलखाले जनाएको छ । पशुहरूमा संक्रमण भएपछि लामो समयसम्म निको नहुने लम्पी स्किन रोगको कारण जिल्लामा पछिल्लो एक महिनाको अवधिमा दर्जनौं गाईभैँसी र गोरु मरेको पाइएको छ । जिल्लाको बैतेश्वर गाउँपालिका तीन वटा वडामा दुई साताको अवधिमा आठ वटा पशु मरेको बैतेश्वर गाउँपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख शान्तिप्रसाद दाहालले बताए । एक महिनाको अवधिमा बैतेश्वरमा मात्रै १५ सय वटा गाईभैँसी र गोरुमा लम्पी स्किन देखिएको उनले जानकारी दिए ।
रोग संक्रमण भएपछि पशुहरूको शरीरमा फोका उठ्ने, १०४ डिग्रीसम्म ज्वरो आउने जोर्नी सुनिने, गर्भ तुइने तथा जटिल समस्या भएपछि पशु मर्न थाल्ने उनले बताए । संक्रमण फैलिँदै गएपछि बैतेश्वरले पशु प्राविधिक फिल्डमै पठाएर औषधि वितरण तथा भ्याक्सिन दिन थालेको छ । नेपालमा उक्त रोगको भ्याक्सिन उपलब्ध नहुने हुँदा विदेशमै बनेको भ्याक्सिन लगाउन थालिएको पशु प्राविधिक दाहालले बताए । बैतेश्वरले तत्काल रोग नियन्त्रण गर्न तथा औषधि वितरण र पशुलाई खोप लगाउन दुई लाख रुपैयाँ छुट्याइएको छ । यसअघि लम्पी स्किन संक्रमण भएका नौ सय वटा पशुको उपचार गरेको बैतेश्वर गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ : सांसद वाग्ले
- श्रीमतिको हत्या गरेको आठ दिन पछि शव फेला
- भारतमा किसानका लागि २० हजार करोड रुपैयाँ जारी गरिने
- अस्ट्रेलियासँग मतभेद हटाउन चीनको आग्रह
- नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु
- द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता
- प्रवास ट्राभल एन्ड टुर्सले जित्यो आठ अवार्ड
- ईजी डेन्टलले निःशुल्क शिविर सञ्चालन गर्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया