सञ्चालक केदारनाथ शर्माद्वारा सहकारीका बचतकर्ताको १४ अर्बभन्दा बढी रकम हिनामिना
काठमाडौं । सञ्चालक केदारनाथ शर्माले शिवशिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताको १४ अर्बभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ । शर्माले ६ अर्ब रुपैयाँ भारत र म्यानमार पुर्याएको थाहाँ भएको छ ।
शर्माले ६ अर्ब २५ करोड नेपालमै रहेका आफ्ना विभिन्न कम्पनीमा लगानी गरेका थिए । उनले भारतबाट ल्याइएको सामानको खरिद मूल्य वास्तविक मूल्य भन्दा अत्यधिक देखाई पूँजी पलायन गराएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानले देखाएको छ ।
सहकारीका अध्यक्ष सुशील बानियाँ, उपाध्यक्ष भोजराज पौडेल, सचिव तेजबहादुर तामाङ, सदस्यहरू दिपकबहादुर ऐर र राजु साखकर्मी तथा व्यवस्थापक लिलानाथ गौतम शर्मासँगै फरार थिए । शर्मालाई सीआईबीले ११ असारमा भारतमा पक्राउ गरेको थियो ।
सहकारीका सञ्चालक अमिश राजभण्डारीले सीआईबीलाई दिएको बयानका क्रममा शर्माले ‘नेपाशिखर अर्गनाइजेसन इन्डिया लिमिटेड’ नामक कम्पनी दर्ता गरेर व्यवसाय गर्ने गरेको बताएका छन् । शिवशिखर सहकारीको रकम हिमामिना गर्ने कार्यमा मुख्य भूमिका केदारनाथ शर्मा, लिलानाथ गौतम र गीता शर्माको रहेको छ,’ उनले प्रहरीलाई दिएको बयानमा भनिएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ : सांसद वाग्ले
- श्रीमतिको हत्या गरेको आठ दिन पछि शव फेला
- भारतमा किसानका लागि २० हजार करोड रुपैयाँ जारी गरिने
- अस्ट्रेलियासँग मतभेद हटाउन चीनको आग्रह
- नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु
- द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता
- प्रवास ट्राभल एन्ड टुर्सले जित्यो आठ अवार्ड
- ईजी डेन्टलले निःशुल्क शिविर सञ्चालन गर्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया