बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड !
कैथल (हरियाणा) । हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए)का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् ।
सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला एक जना बाढीपीडित महिलाले ‘तिमी अहिले किन आयौ ?’ भन्दै भिडबाट निस्केर थप्पड हानेकी हुन् । पानीको सुमचित व्यवस्था नहुँदा बाढी आएकामा क्रुद्ध उनले सांसदलाई पिटेकी हुन् ।
उक्त घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा महिला र अन्य स्थानीयले ‘तिमी अहिले किन आयौ ?’ भनेको सुनिन्छ । सांसद सिंहलाई उनका निजी सुरक्षा अधिकारीले उद्धार गरेका थिए । घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महिलालाई माफ गरिदिएको र उनीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने बताए ।
हरियाणामा अविरल वर्षाका कारण आएको बाढीका कारण १० जनाको ज्यान गएको छ र मुख्यमन्त्री मनोहर लाल खट्टरले बुधबार ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताएका छन् । मुख्यमन्त्रीले बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ राहतस्वरुप प्रदान गरिने घोषणा पनि गरेका छन् ।
विगत चार दिनदेखि हरियाणामा मात्र नभई हिमाचल प्रदेश, उत्तराखण्ड र पञ्जाबमा लगातारको वर्षाले राज्यका केही जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ । हालसम्म ९१ जनाले ज्यान गुमाएका सरकारी अधिकारीले बताएका छन् । हिमाचलको सिप्तीमा अलपत्र परेका तीन सय पर्यटकको उद्धारको प्रयास भइरहेको छ । प्रतिकूल मौसमका कारण हेलिकोप्टर अवतरण गर्न कठिनाइ भएको छ । (रासस/एएनआई)
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया