अमेरिकामा भारतीय कम्पनीले दिए १३ सय ३८ पेटेन्टको निवेदन
नयाँ दिल्ली, वैशाख १५
भारतीय कम्पनीहरुले अमेरिकामा सन् २०१८/०१९ मा १ हजार ३ सय ३८ वटा पेटेन्ट आवेदन दिएका छन् । सूचना प्रविधिसम्बन्धी उद्योगहरुको संगठन नास्कामको रिपोर्टअनुसार औषधि, आर्टिफिसियल इन्टेलिजेन्स, रसायन र सञ्चार प्रविधि क्षेत्रमा उक्त आवेदन दिइएको जनाइएको छ । जसमध्ये ५९ प्रतिशत प्रविधिसँग सम्बन्धित पेटेन्ट रहेको छ ।
यसमा कम्पयुटर प्रविधि, सञ्चार प्रविधि र एआई प्रमुख छन् । रिपोर्टअनुसार सूचना प्रविधि कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस), इन्फोसिसलगायत कम्पनी अगाडि छन् । उक्त रिपोर्ट सन् २०२० जनवरी ३१ सम्मको क्वेस्टेल अर्बिट पेटेन्ट डाटाबेसको लागि लिइएको तथ्यांकमा आधारित छ । त्यस्तै ४०.६ प्रतिशत गैरप्रविधि पेटेन्टको लागि निवेदन परेको छ । यसमा मुख्यतया रसायन, फर्मास्युटिकल्स र मेकानिकल क्षेत्र रहेका छन् ।
यस्ता पेटेन्टका निवेदन दिनेमा रिलायन्स इन्डस्ट्रिज, सनफर्मा, वेल्सपन र हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेडलगायत छन् । सन् २०१५–२०१९ को अवधिमा भारतीय स्टार्ट अपबाट २ सय ८० भन्दा धेरै प्रविधि पेटेन्टका लागि आवेदन दिइएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया