‘सेयर बजार बन्द हुँदा सबैभन्दा बढी मारमा ब्रोकर व्यवसायी परेका छन्’
काठमाडौँ, वैशाख १७
बजार बन्द हुँदा सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाडो खुलाउनुपर्नेमा स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले जोड दिएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले पुँजीबजारका सरोकारवालहरूसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै रानाभाटले बजार बन्द भए पनि ब्रोकर व्यवसाय सञ्चालकको खर्च निर न्तर भएकाले समस्या हुने बताए ।
वैशाख २५ गतेको समयभित्र बजार खोल्ने वातावरण मिलाउन जोड दिर्दै उनले ब्रोकरको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको बताए । हाललाई लगानीकर्ताहरूको खाता नवीकरणका लागि छुट दिने व्यवस्था मिलाउने निष्कर्षमा हामी पुगेका छौँ । लकडाउन र संक्रमण अन्त्य हुने निश्चित नभएको अवस्थामा बजार खोल्नुको विकल्प नभएको अध्यक्ष रानाभाटको भनाइ छ । यस्तो अवस्थामा लगानीकर्ताको मनोबल बलियो बनाउनेतर्फ सरकार र नियामक निकायले सोच्नुपर्ने तर्क उनको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया