उद्योगलाई राहत हुने गरी विद्युत्मा सहुलियत दिन निजी क्षेत्रको आग्रह
काठमाडौं, वैशाख १८
उद्योगलाई राहत हुने गरी विद्युत्मा सहुलियत दिन निजी क्षेत्रले सरकारलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोर र नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लसहित तीनवटै संस्थाका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटी कोरोना भाइरस महामारीले उद्योग व्यवसाय नै संकटमा परेकाले उद्योग व्यवसाय क्षेत्रलाई सहयोग गर्न आग्रह गरेको हो ।
अहिलेको कोरोना संकटमा उद्योग व्यवसायलाई दुई वर्षसम्मका लागि विद्युत्मा २० प्रतिशत छुट दिन निजी क्षेत्रले माग गरेको छ । अहिले उद्योगहरू बन्द रहेका र उनीहरुले विद्युत् प्रयोग समेत नगरेकाले विद्युत प्राधिकरणले कम्तीमा चार महिनाका लागि डिमान्ड चार्ज छुट दिन समेत निजी क्षेत्रले मन्त्री पुनसँग आग्रह गरेको छ । साथै बक्यौता महसुल तिर्न चार महिनाको अवधि दिइनुपर्ने र उक्त अवधिका लागि जरिवाना समेत नलिन आग्रह गरिएको छ । सो अवसरमा प्रतिनिधिमण्डलका तर्फबाट विभिन्न जिल्लाहरूमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरूको निर्माणमा विभिन्न बहानामा अवरोध हुँदै आएकाले निर्माणकार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा समन्वय गरी सहयोग गर्न पनि आग्रह गरिएको थियो ।
निजी क्षेत्रका तीनवटै संस्थाहरूले अहिलेको संकटको अवस्थामा उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि मौद्रिक, श्रम तथा रोजगार, विद्युत् क्षेत्रमा आवश्यक नीतिगत सुधारका लागि सुझाव तयार गरी सरकारका विभिन्न निकायहरूमा बुझाएका छन् । भेटमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवालसहित निजी क्षेत्रका उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुर्घटनामा एक विद्यार्थीको मृत्यु, आठ घाइते
- सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य हुँदैन: अध्यक्ष ओली
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया