Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुर्घटनामा एक विद्यार्थीको मृत्यु, आठ घाइते

दुर्घटनामा एक विद्यार्थीको मृत्यु, आठ घाइते


ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन् । घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जानकारी दिए ।

दुर्घटनामा याङ्वरक–४ का नौ वर्षीय मानस तामाङको घटनास्थलमै मृत्यु भएको हो । उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए । दुर्घटनापछि चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया