अमेरिकी डलरको प्रभुत्वलाई अन्त्य गर्ने ब्राजिलको प्रस्ताव
ब्राजिल । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाले अमेरिकी डलरको प्रभुत्वको सामना गर्न ब्रिक्स मुलुकका लागि साझा व्यापारिक मुद्रा सिर्जना गर्न आह्वान गरेका छन् । ‘ब्रिक्स बिजनेस फोरम लिडर्स डायलग’मा लुला दा सिल्भाले ब्रिक्स राष्ट्रहरूबीच सीमापार व्यापारका लागि साझा मुद्रा निर्माण गर्न वकालत गर्दै अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको विकल्प खोज्नुपर्ने बताए । उनले उदीयमान राष्ट्रहरुबीचको व्यापारलाई सहज बनाउन साझा मुद्राको प्रयोग गरिने बताए । लुला डा. सिल्भाले ब्रिक्स एक बहुपक्षीय संस्था बनोस् भन्ने चाहेको पनि बताए ।
उनले गत अप्रिलमा व्यापारमा अमेरिकी डलरको निर्भरता कम गर्न सम्भवतः साझा क्षेत्रीय मुद्रा वा यस्तै संयन्त्र सिर्जना गर्ने प्रस्ताव गरेका थिए । मंगलबार नै ब्राजिलका राष्ट्रपतिले आफ्नो सरकारले अर्जेन्टिनासँगको व्यापारमा चिनियाँ युआन प्रयोग गर्ने सम्भावनाबारे विचार गरिरहेको घोषणा गरे ।
उनले भने, ‘हामी कुनै एक देशमा निर्भर हुन सक्दैनौँ जहाँ डलर छ, जसले डलरमा अधिक पैसा प्रचलनमा ल्याउँछ र हामी त्यो मुद्राको उतारचढावबाट बाँच्न बाध्य छौँ । यो सही होइन ।’
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पारदर्शी बन
- खानेपानीमा कर र विद्युत् महसुल पूर्ण छुट हुनुपर्ने माग
- ‘नेपाल–बङ्गलादेशबीच विद्युत् व्यापार गर्न आवश्यक पर्ने प्रक्रिया पूरा हुने प्रक्रियामा’
- लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य सुदृढीकरणका लागि विश्व बैंकको ४६ लाख अमेरिकी डलरको योजना
- धादिङमा मीटरव्याजीको प्रहरी आतंक
- कुन मन्त्रीसँग कति सम्पत्ति ?
- सञ्चारगृहमा राज्यको हस्तक्षेप
- बेचबिखनविरुद्धका मुद्दामा छिटो फैसला हुन आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया