भारतलाई ऐतिहासिक सफलता, अन्तरिक्षयान चन्द्रमामा अवतरण
भारत । भारतले चन्द्रमाको दक्षिणी ध्र्रुवमा अन्तरिक्षयानको सफल अवतरण गराएको छ । यससँगै चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने भारत विश्वकै पहिलो देश बनेको छ । भारतको अन्तरिक्षयान ‘चन्द्रयान–३’को ल्यान्डर मोड्युल (एलएम) बुधबार बेलुका नेपाली समय छ बजेर १९ मिनेटमा अवतरण भएको हो । चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो ।
अगस्टको सुरुतिर चन्द्रमाको कक्षमा प्रवेश गरेको चन्द्रयानले चन्द्रमाको सतहका तस्बिरहरु पठाइरहेको छ । यससँगै भारत सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ । यसअघि अमेरिका, तत्कालीन सोभियत संघ र चीनले चन्द्रमाको मध्यरेखावरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए ।
गतसप्ता सोही क्षेत्रमा अवतरण गर्न लागेको रुसी अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको थियो । चन्द्रयान–३को मुख्य उद्देश्य त्यहाँ बरफको खोजी गर्ने रहेको भारतीय अधिकारीहरुले बताएका छन् । पानीको स्रोतको रुपमा बरफ भेटिए भविष्यमा त्यहाँ मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरुले बताएका छन् । अवतरण भएको केही समयपछि विक्रम ल्यान्डरबाट छवटा पाङ्ग्रा भएको रोभर बाहिर निस्किनेछ र चन्द्रमाको सतहको तस्बिर र डेटाहरु पठाउनेछ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पारदर्शी बन
- खानेपानीमा कर र विद्युत् महसुल पूर्ण छुट हुनुपर्ने माग
- ‘नेपाल–बङ्गलादेशबीच विद्युत् व्यापार गर्न आवश्यक पर्ने प्रक्रिया पूरा हुने प्रक्रियामा’
- लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य सुदृढीकरणका लागि विश्व बैंकको ४६ लाख अमेरिकी डलरको योजना
- धादिङमा मीटरव्याजीको प्रहरी आतंक
- कुन मन्त्रीसँग कति सम्पत्ति ?
- सञ्चारगृहमा राज्यको हस्तक्षेप
- बेचबिखनविरुद्धका मुद्दामा छिटो फैसला हुन आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया