फर्ष्ट माइक्रोफाइनान्सको खुद मुनाफामा गिरावट
काठमाडौं, वैशाख २१
लघुुवित्त वित्तसम्बन्धी कारोबार सञ्चालन गर्दै आएको फष्र्ट माइक्रोफाइनान्स बित्तीय संस्थामा खुद मुनाफामा गिरावट आएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ करोड ६६ लाख ७१ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा संस्थाको गत आवको सोही अवधिको तुुलनामा पाँच दशमलव ६८ प्रतिशतले कम हो । संस्थाको यस्तो मुनाफा गत आवको सोही अवधिमा नौ करोड १८ लाख ९३ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८० करोड सात लाख ४१ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा पाँच अर्ब ५७ करोड नौ लाख ४५ हजार रूपैयाँ कर्जा परिचालन गरेको छ । सो अवधिमा १३ करोड ८७ लाख ९७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३४ लाख ३२ हजार रूपैयाँ रहेको छ । निष्क्रिय कर्जाको अनुुपात हाल शुन्य रहेको संस्थाको प्रतिसेयर आम्दानी १४ रूपैयाँ ४३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय २४ रूपैयाँ २१ पैसा रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब १५ करोड ८२ लाख ८२ हजार रूपैयाँ कर्जा परिचालन गरेको थियो । उक्त अवधिमा १४ करोड ४९ लाख ७४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाका्े प्रोभिजन रकम एक करोड पाँच लाख ९५ हजार रूपैयाँ रहेको संस्थामा निष्क्रिय कर्जा शून्य नै रहेको थियो । संस्थाको प्रतिसेयर आम्दानी उक्त अवधिमा १७ रूपैयाँ ९० पैसा रहेको थियो भने प्रतिसेयर नेटवर्थ एक सय २७ रूपैयाँ ६५ पैसा रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया