चीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण
एजेन्सी । विश्व बैंकले चीनको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत हुने प्रक्षेपण गरेको छ । चीनको आन्तरिक अर्थतन्त्र कोभिडअगाडि जस्तो नरहे पनि यो वर्ष आर्थिक वृद्धिदरमा गिरावट नआउने प्रक्षेपण विश्व बैंकले गरेको हो । अर्थतन्त्रमा देखिएको मन्दिको असर आगामी वर्षको आर्थिक वृद्धिदरमा देखिने अनुमान छ । विश्व बैंकले सन् २०२४ मा चीनमा चार दशमलव पाँच प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका प्रमुख अर्थशास्त्री आदित्य मट्टूले चीनसँग उत्पादनको क्षेत्रमा बृहङ्गम क्षमता रहेको बताएका छन् । उनले चीनले छोटो अवधिको विकासका लागि भन्दा माथि उठेर विकासको राम्रो गुणस्तर सुनिश्चित गर्ने योजना बताएको बताए ।
अर्थशास्त्रीहरुले पनि चीनको मात्रै नभएर समग्र पूर्वी एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर अन्य उदीयमान अर्थतन्त्र भएका मुलुकको औसतभन्दा बढी रहेको बताएका छन् । विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका उपाध्यक्ष मानुएला भी फेरोले पूर्वी एसिया र प्रशान्त क्षेत्रको विकास विश्वमा सबैभन्दा तीव्र गतिमा भइरहेको बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया