Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखामा असिनाले बाली नष्ट

दोलखामा असिनाले बाली नष्ट


सुबास बस्नेत
दोलखा, वैशाख २९
दोलखाका विभिन्न भेगमा आइतबार दिउँसो परेको असिनापालीले हिउँदे बाली नष्ट बनाउदा किसान चिन्तित बनेका छन् । असिनापानीले वैतेश्वर र जिरीका धेरै किसानले लगाएको हिउँदे बालीमा धेरै क्षेति गरेको छ । गहुँ, आलु तथा मकै बालीमा असिनाले सबैभन्दा बढी क्षेती गरेको छ । आइतबार परेको बाक्लो असिनापानीले आफ्नो १० रोपनी जग्गामा लगाएको आलु र गहुँबाली नष्ट गरिदिएको वैतेश्वर गाउँपालिका वडा नम्बर ८ का किसान हरि बस्नेतले बताए । त्यसैगरी वडा नम्बर सातका किसान केदार कार्कीले पनि आफ्नो १२ रोपनी खेतमा लगाएको गहुँ ,मकै तथा आलुमा असिनाले क्षेती गरेको दुखेसो गरे ।

हिउँदमा लगाएको आलु तथा गहुँ बाली भित्र्याउने सिजन चलेपनी किसानले करिब दुई सातदेखि नियमित परेको वर्षाका कारण भित्र्याउन सकिरहेका छैनन् । लगातारको झरीले बाली भित्र्याउन नसक्दा बारीमा नै कुहिएर गएको वैतेश्वर गाउँपालिका नाम्दुका किसान नवराज शिवाकोटीले बताए । उनले भने, ‘बिहान देखि नै साउन भदौको जस्तै झरी पर्छ, पानी पर्दा आलु खन्न सकिँदैन ।’ उनले करिब ८ रोपनी जग्गामा आलु खेती गरेका छन् । त्यस्तै गहुँ पनि असिना पानीले खेतमा नै सबै क्षेति झारिदिएको उनले बताए । मौसमले साथ नदिदा खेति भित्र्याउन नपाई लगानी डुब्नुको साथै आगामी वर्ष खाद्यान्नको अभाव सिर्जना हुने कृषकहरूको भनाइ छ ।

जिरी नगरपालिकाको प्रमुख बाली मानिने आलु खेतीमा पनि आइतबार परेको असिना पनीले क्षेति गरेको छ । साउन भदौमा खन्नेगरी लगाएको आलू बालीमा उम्रनेबित्तिकै असिनाले हान्दा उत्पादन घट्ने जिरी नगरपालिका ८ का किसान सोनाम शेर्पाले बताए । उनले गतवर्ष करिब पाँच लाखको आलु उत्पादन गरेर बिक्री गरेका थिए । करिब २५ रोपनी पाखो बारीमा लगाएको आलुमा सुरुमै असिना लाग्दा यो पटक गत वर्षको जस्तो उत्पादन नहुने उनको भनाइ छ । जिरीका धेरै क्षेत्रमा लगाएको आलु र मकै बालीमा असिनापानीले क्षेती गरेको सो भेगका किसानहरूले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया