Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारडढेलोले ड्रयागन फ्रुट फार्म खरानी

डढेलोले ड्रयागन फ्रुट फार्म खरानी


काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–१ थारेमा रहेको सुनापति कुशेश्वर एग्रीकल्चर तथा रिसर्च सेन्टर प्रालिले सञ्चालन गरेको कृषि फार्म डढेलोले खरानी पारेको छ । उक्त फार्म हाउस यही वैशाख १३ गते बिहीबार लागेको डढेलोले सखाप पारेको हो ।

उक्त फार्म हाउसमा डढेलोले १३ हजार पाँच सय ड्रयागन फ्रुट (सिउँडी फल), एक हजार बोट फुलेको कागती र घाँसका बोटहरू समेत गर्दा तीन करोड ४० लाख रुपैयाभन्दा बढीको क्षति भएको छ ।

उक्त फार्म हाउसका कर्मचारी प्रितिपाल चौधरीले हेर्दाहेर्दै फार्म हाउस डढेलोले खरानी बनाएको बताए । स्थानीय हरिबहादुर श्रेष्ठले ५७ वर्षको उमेरमा यो ठाउँमा यसरी डढेलो लागेको आफूले पहिलो पटक देखेको बताए ।

अर्का स्थानीय बासिन्दा मदनकुमार श्रेष्ठले डढेलो निभाउन सकिने अवस्था नै नरहेकाले सबै डढेर खरानी भएको बताए । यही विषयमा सम्पर्क गर्दा फार्म हाउसका सञ्चालक यम तिवारीले खाईनखाई बनाएको फार्म हाउस डढेर खरानी हुँदा निन्द्रा लाग्न छोडेको बताए ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया