Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगराकुटेन भाइबरले सबै सरकारी निकायसँग सम्झौता गर्ने

राकुटेन भाइबरले सबै सरकारी निकायसँग सम्झौता गर्ने


काठमाडौं । राकुटेन भाइबरले सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न नेपाल सरकारका विभिन्न निकायसँग साझेदारी गर्ने भएको छ । नागरिकलाई महत्वपूर्ण जानकारी तथा आधिकारिक सूचनाहरू प्रदान गर्ने र समुदायको सहभागिता बढाउन नागरिकहरूलाई अन्तर्क्रियात्मक अभियानमा संलग्न गराउने उद्देश्यले सो सहकार्य गर्न लागिएको कम्पनीले जनाएको छ ।

सहकार्यपश्चात राकुटेन भाइबरले प्रयोगकर्ताहरूलाई महत्वपूर्ण सार्वजनिक सूचनाहरूमा प्रत्यक्ष पहुँच प्रदान गर्ने समर्पित च्यानलहरूको ठूलो संख्या प्रस्तुत गर्नेछ । यी च्यानलहरूले नागरिकलाई सरकारका पहल, नीति र सार्वजनिक कार्यक्रमहरूका बारेमा जानकारी गराउनका लागि केन्द्रीकृत हबको रूपमा काम गर्नेछन् । यसबाहेक राकुटेन भाइबरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग ‘स्वास्थ्य सूचना’ अभियान सुरु गर्न बलियो साझेदारी स्थापना गरेको जनाएको छ । राकुटेन भाइबर, एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले नेपाल सरकारसँगको सहकार्यले पारदर्शिता, संलग्नता र महत्वपूर्ण सूचनाहरूमा नागरिकको पहुँच बढाउनका लागि प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अगाडि बढेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया