सोलुखुम्बुमा गैरआवासीय नेपाली नागरिकता वितरण
सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पनि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ ।
प्रशासन कार्यालयले हाल अमेरिकामा बसोबास गर्दै आएका सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङका आङ छिङि शेर्पा(एसी) र छेवाङ शेर्पालाई बुधबार पहिलो पटक गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । शेर्पाद्वयलाई प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले नागरिकता प्रदान गरे । करिब ४० वर्षदेखि अमेरिकाको वासिङटन स्टेटमा बस्दै आएका ५२ वर्षीय आङ छिरिङ (एसी) नेपाल सरकारको अमेरिकास्थित अवैतानिक महावाणिज्य दूत समेत हुन् । छेवाङ पनि लामो समयदेखि अमेरिकाको कार्ड होल्डर बस्दै आएका छन् । यससँगै जिल्लाबाट पनि अब गैरआवासीय नेपाली नागरिक वितरण सुरु भएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए ।
नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नसक्ने व्यवस्था छ । गैरआवासीय नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न भने पाउने छैनन् । तर, उनीहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउने कानुनी व्यवस्था छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- सशस्त्र प्रहरीद्वारा १३ लाखभन्दा बढीका सामान बरामद
- गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ
- सूत्र राजनीति
- सहकारी ठगीमा राजनीतिक संरक्षण नहोस्
- ३५ खर्बभन्दा बढीको अन्तरबैंक कारोबार
- मुलुकको व्यापार घाटा ११ खर्ब ७७ अर्ब
- ट्रम्प टावरमा फ्ल्याट किन्ने नेपाली नेता को हुन् ?
- सहकारीको सम्पत्ति ब्याङ्कमा धितो, लिलामी गरेर बचत फिर्ता गर्न चुनौती
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया