किसानहरु खेतमा धान काट्न र थन्क्याउन व्यस्त, उत्पादन बढने अनुमान
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानहरु खेतमा धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । गाउँघरमा धान काट्न र भित्र्याउन अहिले विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका कावासोतीस्थित विष्णुनगर कृषि सहकारी संस्थाका अध्यक्ष खुमकान्त गौडेलले बताए ।
अहिले धान काट्ने मेसिन र धान झाँट्ने थ्रेसरको प्रयोगले किसानलाई सजिलो बनाएको छ । धान झाँट्ने थ्रेसरको प्रयोगले एकै दिनमा धेरैको धान झाँट्न सकिने भएकाले काम गर्न छिटो र सहज भएको किसान धनपती अधिकारीले बताए ।
जिल्लामा यस वर्ष करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको र विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । यस वर्ष वर्षा केही कम भए पनि समयमै पानी परेर रोपाइँ भएकाले उत्पादन राम्रो हुने अनुमान गरिएको उनको भनाइ थियो ।
यस वर्ष जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान बढी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा अहिलेसम्म ४५ प्रतिशत किसानले धान थन्काइसकेको जनाउँदै तिवारीले अबको १५ दिनभित्र सबै धान थन्क्याइसक्ने बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न
- राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
- नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की
- भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्ता र प्रहरी बीच झडप
- उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
- क्षेत्रपाका किसानलाई अनुदानमा मौरीघार र हातेट्याक्टर वितरण
- आईसीसी टी–२० विश्वकप क्रिकेट : १७ राष्ट्रको टोली घोषणा, तीन टोलीको अझै बाँकी
- वैशाखमा आगलागीमा परि २६ को मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया