चीनमा झण्डै ४० प्रतिशत विद्यार्थी मात्रै कक्षामा उपस्थित
वेइजिड., वैशाख ३१
चीनमा कोरोनाभाइरसको महामारी नियन्त्रणमा आएसँगै सरकारले आवतजावतमा सहज बनाउने, आर्थिक गतिविधिलाई पुनः चालु गर्ने र विद्यालयहरू सञ्चालन गर्ने निर्णय लिएको छ । सिन्ह्वाका अनुसार सरकारको निर्णयपछि सोमबारसम्ममा १० करोडभन्दा बढी विद्यार्थीले विद्यालय तथा क्याम्पसका कक्षाहरूमा उपस्थित भएका छन् । यो चीनभर रहेका विद्यार्थीहरूको कूल सङ्ख्याको ३९ प्रतिशत हो ।
चीनको शिक्षा मन्त्रालयका उच्च अधिकारी वाङ देङफङले विद्यालय खुलेपछि विद्यार्र्थीहरूको कक्षामा उपस्थिति हुने क्रम उल्लेख्य बढ्न थालेको बताउँदै पत्रकार सम्मेलनमा भने, ‘प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म विद्यार्थीहरू आउने क्रम जारी रहेको छ । सोमबारसम्ममा करिब दश करोड अर्थात् कूल विद्यार्थी संख्याको ३९ प्रतिशत सहभागिता भएको छ । बाँकी विद्यार्थीहरू पनि विद्यालय आउने क्रम क्रमशः बढ्ने क्रम रहेको छ ।’
विश्वमा महामारीको रूप लिएको कोरोनाभाइरस सुरूमा गत वर्षको डिसेम्बरमा चीनको वुहान सहरबाट पत्ता लागेको थियो । चीनमा कोरोनाभाइरसबाट मङ्गलबारसम्ममा करिब ८३ हजार व्यक्ति संक्रमित बनेका छन् भने चार हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । चीनमा पछिल्ला दिनमा संक्रमणका घटना छिटफुट देखिए पनि ती व्यक्तिहरू विदेशबाट आएका र आन्तिरिकरूपमा संक्रमण हुनेक्रम लगभग नियन्त्रणमा रहेको चिनियाँ अधिकारीहरूले बताउने गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया