ग्रामिण विकास लघुुवित्तको तेस्रो त्रैमासिक नाफा पाँच करोड १२ लाख
काठमाडौं, जेठ ४
ग्रामिण विकास लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड १२ लाख ९३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १६ करोड ४४ लाख १७ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी ९८ करोड २५ लाख रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब ५८ करोड ५२ लाख छ हजार रूपैयाँ निक्षेप संकलन गरी १० अर्ब ५४ करोड २९ लाख १५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ६६ करोड ३३ लाख २२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १८ करोड ४२ लाख ३९ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा तीन अर्ब नौ करोड ४२ लाख ७४ हजार रूपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ६८ करोड ३० लाख चार हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६६ करोड ५३ लाख २० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ करोड ११ लाख २५ हजार रूपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया