एमाले नेता ज्ञवाली र चिनियाँ पार्टीकी विदेश विभागकी उपमन्त्रीबीच भेटवार्ता
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच आज बेइजिङमा भेटवार्ता भएको छ । चाइनिज एकेडेमी अफ सोसल साइन्सेजले आयोजना गर्न लागेको १३औँ विश्व समाजवाद मञ्चमा भाग लिन वेइजिङ गएका नेता ज्ञवाली र विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच भेटवार्ता भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार भेटका अवसरमा दुई पार्टीबीच रहँदै आएको मैत्रीपूर्ण, हार्दिक र लामो सम्बन्धका विविध पाटोका बारेमा कुराकानी भएको थियो । नेता ज्ञवालीले त्यही बेलामा नेपाल–चीनबीचको सम्बन्ध रणनीतिक साझेदारीमा स्तरोन्नति भएको उल्लेख गर्दै विगतका सबै सहमति/सम्झौता कार्यान्वयन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।
साथै, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुई देशबीच अत्यन्त महत्वपूर्ण सम्झौता भएको स्मरण गर्दै तिनको सफल कार्यान्वयन हुने विश्वास उपमन्त्री सुनले व्यक्त गरिन् । राससले जनाएनुसार भेटमा एमाले केन्द्रीय कमिटी सदस्य रिजालका साथै चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीको सहभागिता थियो ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ : सांसद वाग्ले
- श्रीमतिको हत्या गरेको आठ दिन पछि शव फेला
- भारतमा किसानका लागि २० हजार करोड रुपैयाँ जारी गरिने
- अस्ट्रेलियासँग मतभेद हटाउन चीनको आग्रह
- नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु
- द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता
- प्रवास ट्राभल एन्ड टुर्सले जित्यो आठ अवार्ड
- ईजी डेन्टलले निःशुल्क शिविर सञ्चालन गर्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया