करदाता सेवा कार्यालय चरिकोटको चौमासिक आम्दानी साढे आठ करोड
दोलखा । करदाता सेवा कार्यालय चरिकोटले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा आठ करोड ५४ लाख रुपैयाँ बढी आम्दानी गर्न सफल भएको छ ।
कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा आठ करोड ५४ लाख ७८ हजार तीन सय ९५ रुपैयाँ राजस्व संकलन गरेको हो । करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमका अनुसार कार्यालयले सो अवधिमा बैंक भौचरबाट चार करोड ९५ लाख ५७ हजार रुपैयाँ र ई–पेमेन्टबाट तीन करोड ५९ लाख २१ हजार दुई सय ९२ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आयकर, पारिश्रमिक आयकर, पुँजीगत लाभकर व्यक्तिगत, आयकर सरकारी प्रतिष्ठान, आयकर पब्लिक, आयकर प्रालि, सामाजिक सुरक्षा कर, बहाल कर, मूल्य अभिवृद्धि कर, ब्याज कर, अन्तःशुल्क, औद्योगिक उत्पादन कर, मदिरा कर, सुर्तीजन्य पदार्थ कर, बीमा करलगायतका राजस्व शीर्षकबाट सो रकम संकलन गरेको हो । कार्यालयले कात्तिक महिनामा मात्रै एक करोड ५४ लाख २६ हजार दुई सय रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, व्यक्तिगत प्यान नम्बर लिनेको संख्यामा पनि वृद्धि आएको कार्यालय जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया