टक्सार पिखुवा खोला हाइड्रोपावरको सिइओमा नविन सिलवाल नियुक्त
काठमाडौं : टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नविन सिलवाल नियुक्त भएका छन् । पुष १ गतेदेखि लागु हुने गरी कम्पनीले सिलवाललाई सिइओमा नियुक्त गरेको होे ।
उर्जा क्षेत्रमा सिलवालको ६ वर्ष भन्दा लामो कामको अनुभव रहेको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर आयोजनाको सुरुवातदेखि नै सिलवाल कम्पनीमा आवद्ध थिए । कम्पनीमा सिलवालले सुरुमा वित्त प्रमुख भएर काम गरेका थिए ।
उर्जा क्षेत्रमा छोटो समयमा आफूलाई अब्बल र सवल बनाउन सफल सिलवाल टक्सार पिखुवा खोला हाइड्रो पावरको आईपीओ निश्कासनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतको पखार्ईमा रहेका छन् ।
कम्पनीले करिब साढे ४७ लाख कित्ता साधारण सेयर निकासनको लागि धितोपत्र बोर्डमा निवदेन पेश गरिसकेको छ । आईपीओ निश्कासनको लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिसकेको छ । कम्पनीको भोजपुरमा ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ चैतदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई विद्युत उत्पादनबाट नियमित आम्दानी गर्दै आईरहेको छ ।
आईपीओ जारी गरी उठेको रकम कम्पनीको बाँकी ऋण तिरी निकट भविश्यमै लगानीकर्तालाई लाभांश दिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बिशेष, समाचार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया