चीनमा रेलवे ट्रयाक ४५ हजार किलोमिटर पुग्यो
बेइजिङ । चीनमा सञ्चालित उच्च–गति रेलवेको ट्रयाक ४५ हजार किलोमिटर पुगेको छ । चीनको राष्ट्रिय रेल अपरेटरले सन् २०२३ को अन्तिमसम्म ४५ हजार किलोमिटर ट्रयाक निर्माण भएको जनाएको छ । चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज एक लाख ५९ हजार किलोमिटर छ ।
रेल क्षेत्रमा चीनको लगानी अहिलेसम्म एक सय सात दशमलव सात विलियन अमेरिकी डलर पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा सात दशमलव पाँच प्रतिशतले बढी हो ।
सन् २०२३ मा कुल तीन हजार छ सय ३७ किलोमिटर नयाँ ट्रयाकहरु बनेको रेलवे कम्पनीले जनाएको छ । जसमा दुई हजार सात सय ७६ किलोमिटर उच्च–गति रेलवेहरू छन् ।
गत वर्ष चीनको रेल पूर्वाधार निर्माणमा ३४ वटा परियोजनाको निर्माण र सञ्चालन, एक सय वटा रेलवे स्टेशनमा सेवाको शुरुवात तथा निर्माणाधीन एक सय १२ वटा परियोजनाको प्रगति समावेश रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
- सी लिड्स आइकन २०८१ आवेदन खुला
- सुजल डेरीको रस बदाम ड्रिङ्क बजारमा
- नबिल बैंकको प्रमुख कार्यकारीमा पुन: ढुंगाना
- नेपाल लाइफ क्यापिटलको सीईओमा घिमिरे
- महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको शिक्षित लक्ष्मी पहल
- समृद्धि फाइनान्सद्वारा विपन्न विद्यार्थीलाई स्टेसनरी वितरण
- बागमती प्रदेश सरकारले आ.ब.८१/०८२ मा परिणाममुखी बजेट ल्याउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया