क्रिएसन र कोका—कोलाद्वारा सफाइकर्मीहरुलाई राहत वितरण
काठमाडौं, जेठ १३
कोका—कोला फाउनडेसन र क्रिएसनले संयुक्त रुपमा सोमबार एक सय सफाइकर्मीहरुलाई राहत वितरण गरेको छ । कोकाकोला र क्रिएसनले सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको घोषणा गरेको थिए । सोही परियोजनाअनुसार सफाइकर्मीलाई राहत वितरण गरिएको कम्पनीले जनाएको छ । हालसम्म चार स्थानमा गरी चार सय तीन जना सरसफाइकर्मीलाई राहत वितरण गरिएको बताईएको छ ।
उनीहरुलाई सुरक्षा सम्बन्धी जागरूकता कार्यक्रम, पाँच जनाको परिवारलाई एक महिनासम्म पुग्ने खाद्यान्न राहत प्याकेज र महिलाहरूको लागि डिग्निटी किट प्रदान गरिएको छ, जसमा प्राथमिक आवश्यकता सुनिश्चित गर्न र उनीहरूको स्वास्थ सुरक्षाको लागि वातावरण मैत्री र पुनः प्रयोग योग्य सेनेटरी प्याडको साथसाथै व्यक्तिगत स्वच्छता सामग्रीहरू जस्तै साबुन, पञ्जा र आवश्यक औषधिहरू प्रदान गरिएको छ ।
यसबाहेक आगामी जेठ २६ गते एक सय जना सफाइकर्मीहरुलाई रक्षात्मक गाउन र सुरक्षा सामग्रीहरू प्रदान गरिने बताईएको छ । यस परियोजनाको लक्ष्य जोखिममा रहेका सफाइकर्मी र उनीहरूका परिवारहरूलाई कोरोना भाइरसको नकारात्मक असरबाट बचाउन सहयोग पुराउन जागरूकता अभियान, सुरक्षा तथा राहत सामग्रीहरू प्रदान गर्ने हो । यस परियोजनाको पहिलो कार्यक्रम जेठ २ गते काठमाडौंको बुढानिलकण्ठ स्थित वुमन फर ह्यूमन राइटसमा आयोजना गरिएको थियो, जहाँ १५० सफाइकर्मीहरुलाई सुरक्षा सम्बन्धी जागरूकताका साथ राहत सामग्री पनि वितरण गरिएको थियो ।
क्रिएसनको पहलमा गरिएको यस परियोजनामा वुमन फर ह्युमन राइट, डोको रिसाईकलर्स, ब्लू वेस्ट टू भ्यालु, नेप्सेम्याक र हिमालयन क्लाइमेट इनिसियटिभले आ—आफ्नो सन्जालमा रहेका सफाइकर्मीहरुलाई राहत वितरण गराएर यस परियोजनाको पहुँचलाई व्यापक बनाउन मदत गर्ने भएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया