घरेलु लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा सहयोग
काठमाडौँ जेठ १३
घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न स्थानीय निकायलाई रकम सहयोग गरेको छ । घरेलु लघुवित्तको शाखा कार्यालयहरू फेटा, बारा र बट्टार, नुवाकोटका शाखा प्रबन्धकहरू क्रमशः श्यामबाबु यादवले फेटा गाउँपालिकाको प्रशासकीय अधिकृत प्राण मेहत्ता र अध्यक्ष अमिरिलालप्रसादलाई रमिनकुमार दाहालले विदुर नगरपालिकाको मेयर सञ्जु पण्डितलाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस (कोभिड १९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा प्रतिशाखा १० हजार रूपैयाँका दरले २० हजार रूपैयाँ सहयोग गरेको हो ।
यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमार कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ । संस्थाले सञ्चालनमा आएदेखि हालसम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरू स्थापना गरी ग्रामीण क्षेत्रका छ हजार एक सय ५० भन्दा बढी विपन्न परिवारहरूमा २१ करोड १७ लाखभन्दा बढी कर्जा रकम लगानीमा र बचतमा चार करोड ३६ लाख जम्मा भई वित्तीय पहुँच पु-याउन सफल भई ती परिवारहरूसँग वचत तथा कर्जाको कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया