नख्खु कारागारमा कीर्तिपुर आँखा अस्पतालको निःशुल्क शिविर
काठमाडौं । नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पतालले कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । कारागारमा सञ्चालन गरिएको चार दिने निःशुल्क आँखा शिविरमा आठ सय १६ जना कैदीबन्दीहरूको आँखा जाँच गरिएको थियो । आँखा जाँच गरिएकामध्ये करिब ५० प्रतिशत कैदीबन्दीहरूमा दृष्टिदोषको समस्या देखिएको अस्पतालकी अध्यक्ष एवम् आँखा रोग विशेषज्ञ प्राडा सविना श्रेष्ठले बताइन् । उनका अनुसार चार सय जना कैदीबन्दीहरूमा दृष्टिदोषको समस्या देखिएको छ भने नौ जना मोतियाविन्दुका बिरामी भेटिएका छन् । यस्तै, शिविरमा एक सय ४८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ ।
शिविरमा भेटिएका नौ जना मोतियाविन्दुका बिरामीलाई अप्रेसनको सेवा समेत निःशुल्क उपलब्ध गराइने अस्पताल व्यवस्थापक दिपक बोहोराले जानकारी दिए । प्रोफेसनल सपोर्ट सर्भिस नेपालको समेत सहयोगमा सो शिविर सञ्चालन गरिएको संघले जनाएको छ ।
क्याटेगोरी : बिबिध, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 7
ताजा अपडेट
- नीति तथा कार्यक्रम सकारात्मक स: सत्ता पक्ष
- नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले
- क्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा
- अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी
- प्राइम सहकारी पनि डुब्यो, प्रहरीद्वारा उजुरी आह्वान
- शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
- मेलम्चीको पानी बाह्रै महिना उपत्यकामा आपूर्ति हुने व्यवस्था मिलाइने
- नारायणी र सुनकोशीमा टर्मिनल सहित जलमार्ग बनाइने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया