निसानले उत्पादन क्षमता २० प्रतिशतले घटाउने
जापान, जेठ १९
सवारीसाधन निर्माता निसानले उत्पादन क्षमता २० प्रतिशतले घटाउने घोषणा गरेको छ । कम्पनीले दशकयता पहिलो वार्षिक सञ्चालन घाटा व्यहोरेपछि उक्त निर्णय गरेको एजेन्सीहरुले जनाएका छन् । कम्पनीले मार्चमा सकिएको आर्थिक वर्षमा ३७ करोड ६० लाख डलर घाटा व्यहोरेको जनाएको थियो । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले २ अर्ब ९० करोड सञ्चालन मुनाफा हासिल गरेको थियो । यो सन् २००९ यताकै खराब अवस्था भएको जनाइएको छ ।
विश्व महामारी अझै नसकिएको कारण अझै कम्पनीले कति घाटा व्यहोर्ने एकीन नभएको कम्पनीका सीईओ माकोतो उचिदाले बताए । कम्पनीको यस्तो घोषणा निसान, रेनल्ट र मित्सुबिसीले अझै सहकार्य गर्ने घोषणा गरेलगत्तै आएको बताइएको छ । यी सबै कम्पनीले थोरै मोडल बनाउने, उत्पादन सुविधा बाँड्ने र भौगोलिक र प्राविधिक सम्बन्ध प्रगाढ पार्ने प्रतिबद्धता जनाएका हुन् । यो विश्वकै ठूलो कार कम्पनीबीचको सहकार्य हो । नयाँ सहकार्यसँगै यस अघिदेखि नै खराब अवस्थामा गुज्रिरहेको कम्पनीको सेयर मूल्यमा पनि सुधार भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया