हार्ड रक क्याफे र नेपाल क्यान्सर हस्पिटलबीच सहकार्य
काठमाडौं । ‘हार्ड रक क्याफे’ र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको सहकार्यमा शनिबार बाल क्यान्सर सचेतना सत्र आयोजना गरिएकोे छ । अस्पतालले क्याफेमा बाल क्यान्सर सचेतना सत्र आयोजना गरेको हो ।
कार्यक्रम बाल्यकालमा हुने क्यान्सर, प्रारम्भिक पहिचान र उपचारको महत्वबारे जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको क्याफेले जनाएको छ । बाल चिकित्सक हेमाटोलोजिस्ट ओन्कोलोजिस्ट तथा बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डा. अञ्जली पण्डितले बालबालिकामा हुने क्यान्सरबारे जानकारी गराएकी हुन् ।
विगत आठ वर्षदेखि क्यान्सरविरुद्धको उपचारमा सक्रिय डा. पण्डितले बाल क्यान्सरको गाम्भीर्यता र सचेतनाबारे प्रकाश पारेकी थिइन् । उनले बाल रोग हेमाटोलोजिक र ठोस ट्युमरहरूको सफलतापूर्वक उपचार गरिसकेकी छन् ।
बाल क्यान्सर सचेतनाजस्तो महत्वपूर्ण कार्यमा सहकार्य गर्न पाउँदा आफूहरू गौरवान्वित भएको हार्ड रक क्याफे काठमाडौंका सहायक महाप्रबन्धक नारायण सुवेदीले बताएका छन् । उनले यो सत्रले बाल्यकालमा क्यान्सरसँग लड्न सचेतना बढाउने विश्वास व्यक्त गरे ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- नीति तथा कार्यक्रम : गण्डकीका कुन-कुन योजना परे ?
- प्राइम सहकारीकाे एक अर्व ५४ कराेड हिनामिना, अध्यक्ष कार्कीसहित आठ पक्राउ
- नीति तथा कार्यक्रम सकारात्मक स: सत्ता पक्ष
- नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले
- क्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा
- अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी
- प्राइम सहकारी पनि डुब्यो, प्रहरीद्वारा उजुरी आह्वान
- शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया