भन्सारकै गोदाममा १० महिनादेखि थन्कियो रासायनिक मल
चौतारा । दश महिनादेखि चीनबाट ल्याइएको रासायनिक मल तातोपानी भन्सारको गोदाममा थन्किएको छ । लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल थन्किएको हो ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड–अनलोड गर्न कठिनाइ परेको बताए । खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर चेकजाँच गर्नुपर्ने अवस्था छ । रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सिधै राजधानी लाने गरेको उनले जानकारी दिए ।
आर्थिक वर्ष ०७९/८० मा सम्झौता भएको सिल्क मार्केट प्रालिले नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेडबाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको छ । भूकम्प र कोरोनापछि खुलेको तातोपानी नाकामा पाँच वर्षदेखि एकछत्र काम गर्दै आएको सिल्क कम्पनी अन्तर्गत रहेको सिल्क मार्केट प्रालिले चीनबाट मल आयात गरेको हो ।
सिल्क मार्केटले सम्झौताअनुसार रासायनिक मल समयमै ल्याउन सकेन । गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पा बताउँछन् । कृषि सामग्री कम्पनी लिमिटेडसँग प्रक्रिया पूरा भएपछि मल काठमाडौँ लगिने शेर्पा बताउँछन् । भन्सारमै मल थन्किँदा हिउँदे बाली लगाउने किसान भने समस्यामा परेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- जोतिनगरको पहिरोका कारण बुटल बुब्यो : मेयर पाण्डेय
- कुन-कुन इन्टरनेट कम्पनीले कति रोयल्टी राजश्व बुझाउन बाँकी छ ?
- झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि
- आज बस्ने भनिएको कांग्रेस संसदीय दल कार्यसमिति बैठक भोलिका लागि सर्यो
- सरकारबाट बाहिरियो जसपा, उपेन्द्र यादवले दिए राजीनामा
- उपेन्द्र यादवले दिए पदबाट राजीनामा
- बजेटमार्फत रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री
- ललितपुर आगलागी : मृतकको संख्या तीन पुग्यो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया