कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी पक्राउ
काठमाडौं । काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएको कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । सहकारीपीडितहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत काठमाडौंले ठकुरीसहित छ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ठकुरीलाई पक्राउ गरी अनुसन्धान थालिएको र अन्य केहीलाई पक्राउ गर्नको लागि खोजी भइरहेको प्रहरीले जनाएको छ । कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे छ अर्ब रुपैयाँ दुरूपयोग गरेको पीडितहरूको आरोप छ । हालै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो सहकारीलाई समस्याग्रस्त समेत घोषणा गरेको छ । सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । माघ २९ गतेको सहकारी विभागको सिफारिसअनुसार फागुन ३ गतेको मन्त्रीस्तरीय निर्णयबाट सो सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको जनाइएको छ ।
बचकर्ताको रकम सहकारीका अध्यक्ष ठकुरीसहित पूर्वअध्यक्ष सीबी लामा तामाङ, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा र देवराज पराजुलीलगायतले दुरूपयोग गरेको पाइएको छ । उनीहरूले घरजग्गा, क्रसर उद्योग, निजी अस्पताल, कलेजलगायतका सहकारीको रकम दुरूपयोग गरी लगानी गरेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 1
ताजा अपडेट
- क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न
- राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
- नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की
- भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्ता र प्रहरी बीच झडप
- उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
- क्षेत्रपाका किसानलाई अनुदानमा मौरीघार र हातेट्याक्टर वितरण
- आईसीसी टी–२० विश्वकप क्रिकेट : १७ राष्ट्रको टोली घोषणा, तीन टोलीको अझै बाँकी
- वैशाखमा आगलागीमा परि २६ को मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया