लघुवित्त र सहकारीका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ । लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन् । उनले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाए ।
प्रधानमन्त्री दाहालले सरकारले समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताउँदै लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लो समय यो क्षेत्र सङ्कटग्रस्त हुँदै गएको उल्लेख गरे । प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक समस्या समाधानका पहल गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।
छलफलमा सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारका तर्फबाट भइरहेको पहलका निम्ति पीडित पक्षका प्रतिनिधिले धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सीआईबीद्वारा ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
- सबैलाई सम्मान गर्ने हाम्रो आफ्नै परम्परा छ : सभापति देउवा
- वर्लिनमा राष्ट्रपतिको सम्मानमा स्वागत समारोह
- आइडा–२१ बैठकको अध्यक्षता गर्न विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा
- अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल, छलफलका लागि मन्त्रालय बोलाइयो
- सरकारले ल्याएको बजेट जनता र राष्ट्रको पक्षमा छ: प्रधानमन्त्री दाहाल
- राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टीनमेयरबीच भेटवार्ता हुँदै
- असार १० गतेसम्म समानीकरण अनुदान निकासा गर्न स्थानीय तहको सरकारलाई अल्टिमेटम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया