गोकर्णेश्वर नगर अस्पतालको मन्त्री बस्नेतद्वारा शिलान्यास
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले निर्माण गर्न थालेको १५ शय्याको गोकर्णेश्वर नगर अस्पतालको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिलान्यास गरेका छन् ।
अस्पताल शिलान्यास गर्दै उनले शिलान्यास भएको अस्पताल समममै सम्पन्न हुनुपर्ने बताए । उनले संविधानले हरेक जनताको स्वास्थ्योपचारको ग्यारेन्टी गरेकाले पैसा नभएका कारण कुनै पनि नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाए ।
चिकित्सा शिक्षा ऐन चाँडै परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने बताउँदै मन्त्री बस्नेतले राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिए ।
कार्यक्रममा अस्पताल शिलान्यास भएकामा खुसी व्यक्त गर्दै सांसद सन्तोष चालिसेले समयमै निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए । बागमती प्रदेशसभा सदस्यद्वय सांसद बिमल ठकुरी र छिरिङदोर्जे लामाले निजी क्षेत्रमा स्वास्थ्य सेवा महँगो भएकाले सरकारी सेवा प्रभावकारी बनाउनुपर्नेमा केन्द्र सरकारको ध्यानाकर्षण गराए ।
नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख दीपक रिसालले बताए । उनले चाँडै अस्पताल निर्माण सम्पन्न गरेर नगरवासीलाई गुणस्तरीय सेवा दिने बताए । अस्पताल २२ करोड ५० लाखको लागतमा निर्माण गरिने जनाइएको छ ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- एमाले संसदीय दलको बैठक सुरु
- भिजिट भिसामा कुवेत पुर्याई बन्दक बनाएको आरोपमा दुई जना पक्राउ
- उच्च अदालत पाटन बाहिर कडा सुरक्षा
- सहकारी ठगी प्रकरण : नेपाल विद्यार्थी संघद्वारा प्रदर्शन
- सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो
- १६ औँ योजना : २३ सय ५१ डलरको प्रतिव्यक्ति आय लक्ष्य
- ख्वप मिनिबस सेवा समितिको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर
- भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया