दुई हजार ५२ बिन्दुमा उक्लियो सेयर बजार
काठमाडौं । सेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक नेप्से २२ दशमलव १० अंकले उकालो लागेर दुई हजार ५२ दशमलव ६५ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २६ अंकले उकालो लागेर तीन सय ६४ दशमलव ५३ बिन्दुमा कायम रहेको छ ।
धितोपत्र बजारमा आज तीन सय चार वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५६ हजार सात सय २६ पटकको कारोबारमा ७० लाख ४३ हजार चार सय ५७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय ५८ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया