कांग्रेससँगको सहयात्रा असहज भएपछि नयाँ गठबन्धन बनेको हो : अध्यक्ष ओली
काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासको मतको प्रस्तावप्रति समर्थन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सत्ता गठबन्धनमा समस्या परेकाले आफूहरुले नयाँ गठबन्धन बनाएको बताएका छन् ।
अध्यक्ष ओलीले नेपाली कांग्रेससँगको सहयात्रा असहज भएपछि प्रधानमन्त्री दाहालको चाहना र आफूहरुको सहयोगमा सरकार पुनःगठन भएको बताए । सरकार पुनःगठन हुँदैमा अस्थिरता हुन्छ भनेर प्रचार गर्न आवश्यक नभएको ओलीले जिकिर गरे ।
उनले भने, “हाम्रो आवश्यकताका आधारमा सरकार परिवर्तन भएको हो । यो काम हामी नेपालका दलहरु मिलेर गरेका हौँ । प्रधानमन्त्री दाहाल मुख्य हो र साथ दिने म पनि हुँ । हामीलाई जस दिए हुन्छ । यसमा विदेशी वा छिमेकी मुलुकलाई जोडेर हेर्न आवश्यक छैन ।”
ओलीले प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली आफूहरुले रोजेर ल्याएको प्रणाली भएकाले स्वस्थ प्रतिस्पर्धामा अगाडि–पछाडि हुँदा कोही अत्तालिन नपर्ने उल्लेख गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आवेश र उत्तेजनामा नआउन आग्रह गरे ।
अध्यक्ष ओलीले राज्य यहाँका सबै भूगोल, जात र धर्मको साझा हो भन्ने मान्यताको रक्षा र संवर्द्धन हुनुपर्नेमा जोड दिँदै साम्प्रदायिकताको आगो झोसेर, अराजकता निम्त्याएर र प्रतिगमनको कुरा गरेर देश विकास हुन नसक्ने भएकाले संसद् यसप्रति सजग हुनुपर्ने बताए ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया