काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ५८ दशमलव ५८ अंकले उकालो लागेको बजार बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार दुई दशमलव ४८ अंकले ओरालो लागेर २१ सय आठ दशमलव ७२ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ४८ अंकले ओरालो लागेर तीन सय ७४ दशमलव ६५ बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज तीन सय १० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसअन्र्तगत ७३ हजार पाँच सय छ पटकको कारोबारमा एक करोड आठ लाख ८९ हजार छ सय ३४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब २४ करोड ८५ लाख २३ हजार तीन सय ३२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा सात वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया