सशस्त्र प्रहरीद्वारा सात लाख बराबरको अवैध लत्ताकपडा बरामद
गोदार (धनुषा) । धनुषामा सात लाख बराबरको अवैध लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशत्र प्रहरी बल ८ नं गणबाट शनिबार खटिएको टोलीले धनुषाको विभिन्न स्थानबाट लत्ताकपडा र स्याउलगायतका सामग्री बरामद गरेको हो ।
गणका प्रहरी उपरीक्षक सुदर्शन गिरीले भारतबाट भन्सार छली लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा गण तथा मातहतका निकायबाट खटिएको सशस्त्र प्रहरीका टोलीले उक्त सामग्री बरामद गरेको जानकारी दिए ।
ओसारपोसारमा प्रयोग भएको एउटा मोटरसाइकल समेत प्रहरीले कपडासँगै बरामद गरेको छ । प्रहरीले बरामद गरिएको कपडा र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको जनाएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश
ताजा अपडेट
- स्मार्ट राइड सेयरिङ प्लेटफार्म ‘जुमजुम’ सञ्चालनमा
- ड्रिम नेक्स्ट एजुकेसनल फाउन्डेसनले बहु–गन्तव्य मेला गर्ने
- जिटो नेपाल र जिटो टीएनएपीटीएस जोनबीच सम्झौता
- ‘काठमाडौं उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छ’
- बुद्धिजीवी परिषद् भेलाको निष्कर्ष: विकास र समृद्धिलाई प्राथमिकता
- विषादी प्रयोगबारे सचेत बन्दै किसान
- चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
- आज कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया