मन्त्री चौधरी र राजदूत हेक्काबीच भेटवार्ता
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच भेटवार्ता भएको छ । सिंहदरबारमा बिहीबार भएको शिष्टाचार भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा सहकार्यबारे छलफल भएको थियो ।
सो अवसरमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको राससलाई बताइन् ।
मन्त्री चौधरीले सामाजिक–आर्थिक स्थिति, विशेष गरी नेपालको ग्रामीण समुदायको उत्थान गर्ने प्रयासमा फिनल्याण्डको सहयोग नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गर्दै कोभिड–१९ को कठिन समयमा नेपाललाई सहयोगका हात बढाएकामा फिनल्याण्ड सरकार र जनतालाई धन्यवाद दिइन् ।
नेपाल सन् २०२६ मा अल्पविकसितबाट स्तरोन्नति भई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा रहेको उल्लेख गर्दै मन्त्री चौधरीले दिगो विकासका लक्ष्यहरू हासिल गर्न नेपाल प्रयासरत रहेको बताइन् । “फिनल्याण्डले विभिन्न बहुपक्षीय फोरमहरूमा नेपालसँगै जलवायु परिवर्तनका वकालत गरेकामा धन्यवाद दिन चाहन्छु”, उनले भनिन् ।
भेटमा राजदूत हेक्काले नेपाल र फिनल्याण्डबीचको सम्बन्ध प्रगाढ बनाउन द्विपक्षीय विकासका लागि सहकार्य गरेर जाने बताएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुर्घटनामा एक विद्यार्थीको मृत्यु, आठ घाइते
- सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य हुँदैन: अध्यक्ष ओली
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया