गर्मीसँगै दैनिक खर्बुजा किन्ने ग्राहक बढे
गाईघाट (उदयपुर) । केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा गर्मी बढेसँगै खर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन् ।
अहिले दैनिक चार हजारदेखि बढीको खर्बुजाको बिक्री हुने गरेको चैत महिना लागेसँगै खर्बुजाको व्यापार सुरु गरेका गाईघाटका सुरेश सहनीले बताए । गाईघाट बजार पिलचौकमा दैनिक तीन हजारभन्दा बढीको खर्बुजा बिक्री गरिरहेको खर्बुजाका व्यापारी लोकेन्द्र मण्डलले बताए । चितवन, झापा तथा सुनसरीको दक्षिणी भागबाट खर्बुजा खरिद गरेर ल्याई गाईघाटमा बिक्री गर्ने गरेको उनले बताए ।
प्रतिकिलो ४० देखि ६० सम्ममा खरिद गरेर ल्याई गाईघाटमा न्यूनतम ८० देखि एक सय २० किलोसम्ममा बिक्री गर्ने गरेको व्यापारीहरु बताउँछन् । गर्मी बढ्दै जान थालेपछि टाढाबाट आवतजावत गर्ने यात्रु र स्थानीयवासीले खर्बुजा खाने गरेका छन् । चैतदेखि जेठ महिनासम्म खर्बुजाको राम्रो कारोबार तथा व्यापार हुने गरेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- वाणिज्य महासंघद्वारा द्रूत बजार विश्लेषणसम्बन्धी सफ्टवेयरबारे प्रशिक्षण
- ज्योति विकास बैंकद्वारा १५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान
- नेसनल लाइफको नेसनल अवार्ड कार्यक्रम
- ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र
- क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम
- कूटनीतिक अधिकारीहरूसँग छलफल
- सगरमाथाको शिखरमा कामीरिता ३०औँ पटक
- प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया